पाँचथर निर्वाचन क्षेत्र नं. २ अन्तर्गतका चिलिङदेन, पौवासाताप, फाङदेन, इम्बुङ, नावीडाँडालगायतका ८–१० वटा गाविस समेटेर नगर वा गाउँपालिका प्रस्तावित भएको छ ।

तर त्यस क्षेत्रका स्थानीयहरु नगरपालिकाभन्दा गाउँपालिका चाहिनेभन्दै उजुरी र हस्ताक्षर बोकेर राज्य पुनर्सरचना आयोग धाएका छन् ।

pppachthar

पाँचथरका नेकपा मालेका सांसद आइन्द्र सुन्दर नेवाङ नेतृत्वको समूहले गुनासो व्यक्त गर्दै आयोगमा उजुरी दर्ता गराएको छ । ‘पूर्वाधार नपुगको गाउँहरुलाई मिलाएर नगरपालिका बनाउँदा समस्या हुने भएकोले गाउँपालिका रोजिएको हो’ सांसद नेम्वाङले भने ।

ती सबै गाविसका स्थानीयहरुको माग हो, गुनासोमा ५–६ हजार नागरिकले हस्ताक्षर गरेका उनले बताए । उनको समूहले आयोगका अध्यक्ष बालानान्द पौडेल र सदस्य श्याममणि भूर्तेललाई भेट गरेको हो ।

जिल्लाबाट राज्य पुनर्सरचनाको खाका प्रस्तावित भएर राज्य पुनर्सरचना आयोगमा आएसँगै गुनासो गर्न आउनेको सङ्ख्या पनि बढदै गएको छ ।दिनहुँ दुईचार जिल्लाका दुईचार समूह आयोग आउने गरेका छन् ।

ग्रामीण जिल्लामा नगरपालिका भन्दा गाउँपालिका उपयुक्त भएको भन्दै अधिकांश स्थानीयहरु गाउँपालिकाको पक्षमा देखिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार