माओवादी केन्द्रको नेतृत्वमा बनेको प्रचण्ड सरकारले भक्तपुरमा विप्लव माओवादीका युवाहरुलाई भित्ते लेखन गर्दैगर्दा गिरफ्तार गरेर फासीवादी शासनको चरम रुप प्रदर्शन गरेको छ ।

विहीबार भक्तपुरमा युवा अभियानको सिलसिलामा पार्टी महाधिवेशनबारे भित्ते लेखन गरिरहेका युवाहरुलाई प्रचण्ड सरकारको प्रहरी प्रशासनले गिरफ्तार गरी हिरासतमा राख्यो । हुन त उनीहरुलाई विहीबार साझ रिहा गरेको छ ।

hhhhh333

शान्तिपूर्ण सभा, जुलुश र धर्ना कार्यक्रम गर्ने वर्तमान संविधानले दिएको नैसर्गिक अधिकार भएपनि प्रचण्ड सरकारले त्यसलाई धोती लगाएर शान्तिपूर्ण कार्यक्रम गरिरहेका विप्लव माओवादीका कार्यकर्ताहरुलाई अनावश्यक गिरफ्तार गरेर दुख दिने काम गरिरहेको छ ।

जनयुद्धको बलमा सरकारमा आएको प्रचण्ड नेतृत्व सरकारले गरेको यस्तो व्यवहार फासीवादी भएको माओवादी नेता सन्तोष बुढामगरको आरोप छ ।

‘हाम्रा कार्यकर्ताहरु त शान्तिपूर्ण तबर कार्यक्रम र भित्ते लेखन गरिरहेका छन् तर उनीहरुलाई यो सरकारले गिरफ्तार गरेर के गर्न खोजेको हो ?’ नेता सन्तोष बुढाको आक्रोश छ– ‘प्रचण्ड सरकारले नाममा माओवादी भनेपनि व्यवहार सामाजिक फासीवादी व्यवहार प्रदर्शन गरिरहेको छ । यस्तो हर्कत तुरुन्त रोक्नुपर्छ ।’

जनयुद्धपूर्व राजतन्त्रकालमा समेत शान्तिपूर्ण तवरले भित्ते लेखन र अरु कयौं कार्यक्रम गर्न दिने पूर्व सरकारको भन्दा पनि यो प्रचण्ड सरकारले चरम फासीवादी शैली अपनाएर हिटलरको बाटो अपनाउन थालेको विश्लेषकहरुको राय छ ।

माओवादको नाममा प्रचण्ड सरकारले यतिबेला देशमा चरम सामाजिक फासीवादी शासन लाद्न खोजिरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार