अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ‍ना उत्तराधिकारी डोनल्ड ट्रम्पलाई आवश्यक परेमा रुससँग भिड्न तयार हुन बताएका छन् ।

बाराकको यस्तो सुझावलाई धेरैले रुसप्रति उनको छुद्र सोँच र चिन्तन रहेको बताउने गरेका छन् ।

donald-trump-president-barack-obama2-700x373

ओबामाले रूसले अमेरिकी “मूल्य र अन्तरराष्ट्रिय मापदण्ड” लाई पालना गरेन भने उ ससको प्रतिबादका लागि दह्रोरुपमा खडा हुन आप्ना उत्तराधिकारी डोनाल्ड ट्रम्पलाई भनेका हुन् ।

बर्लिनमा जर्मनीकी चान्सलर एङ्गेला मर्केलसँग कुराकानी गरेपछि ओबामाले नेटो सन्धिका लागि प्रतिबद्ध हुने कुराले आफू उत्साहित भएको बताएका छन् ।

एङ्गेला मर्केल र ओबामाले अमेरिका तथा युरोपियन युनियनका सदस्य एक दोस्रोसँग निकट निकट सहयोगीका रुपमा रहिरहने कुरामा जोड दिएका छन् ।

दुबै नेताले एक दोस्रोको नेतृत्वको प्रशंसा गरे । ओबामाले मर्केलको “मूलभूत सिद्धान्त, मूल्य, सत्यता र संवेदनशीलता” को प्रशंसा गरे ।

ओबामाले ट्रम्प रूससँग सकारात्मक सम्बन्ध बनाउने कोशिशमा लाग्ने बताउँदै तर त्यो प्रयास अमेरिकी मूल्य र हित अनुरुप हुनेमा पनि जोड दिए ।

उनले रुसले अमेरिकी मूल्य मान्यताविरुद्ध गएर अन्तरराष्ट्रिय मापदण्डविपरित आफूहरुलाई भड्काउने काममा लागेमा त्यसको सामना गर्न तयार हुनुपर्ने पनि बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार