
नेत्र विक्रम चन्द विप्लव नेतृत्व माओवादीका यृवाहरु शनिबार विहानैदेखि बागमती सरसफाई अभियानमा खटिएका छन् ।
विप्लव माओवादीको भातृ संगठन राष्टिय युवा जनस्वयमसेवकका युवाहरु सो सरसफाईमा खटिएका हुन् । स्वयमसेवकका महासचिव विवश राईको नेतृत्वमा सयौं माओवादी युवाहरु खटिएका छन् ।
बिहान ७ बजेको कठांग्रिदो चिसो समयबाट सुरु भएको बागमती सरसफाई अभियानमा नेपाल प्रहरीका जवानहरु पनि सहभागी भएका छन् ।
बागमती खोलामा बगेको दुषित पानीलाई सफा गर्दा अन्य सरकारी कर्मचारीहरु समेत खटेको युवा जनस्वयमसेवकका एक नेताले बताए ।जहाँ स्कुलका विद्यर्थीहरुसमेत सहभागी भएका छन् ।













