नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले कांग्रेस र एमालेहरुले शान्ति सम्झौताका नाममा नेपाली जनतालाई गंभीर धोका दिएको आरोप लगाएका छन् ।

जनयुद्धकालमा एमालेका नेता वामदेव गौतम र युवराज ज्ञवाली रोल्पा पुगेकाे बेला नेपाली जनताको परिवर्तनको आकांक्षालाई केन्द्रविन्दुमा राखेर सम्झौता गर्ने प्रतिबद्धता जनाए पनि काठमाडौं फर्कने बित्तिकै ती सम्झौता भुलेको महासचिव विप्लवको अर्को आरोप थियो ।

bbb22

आइतबार राजधानीमा आयोजित जनअधिकार सरोकार समाजद्धारा आयोजित एक अन्तक्रिया कार्यक्रममा बोल्दै महासचिव विप्लवले हिजो कांग्रेस र एमालेका नेताहरुलाई जनमुक्ति सेना प्यारो भएकाे तर पछि घाडोको रुपमा लिएर विघटन गरेको अरोप लगाए ।

‘हिजो रोल्पा पुगेका वामदेव गौतम र युवराज ज्ञवालीलाई हाम्रो जनमुक्ति सेनाले सलामसहित सम्मान दियो तर बज उनीहरु काठमाडौं फर्के पछि उल्टो जनसेनालाई विघटन गर्न बल प्रयोग गरे ।’ महासचिव विप्लवले भने- ‘शान्ति सम्झौतका नाममा कांग्रेस र एमालेहरुले गंभीर भूल गरे । त्यही भुलका कारण देशमा चौतर्फी संकट र अराजकता निम्तिएको छ ।’

प्रचण्डलाई एक दिन जनताले दण्डित गर्ने छन् :

कार्यक्रममा झण्डै ४० मिनेट भाषण गरेका महासचिव विप्लवले शान्ति सम्झौताका नाममा पुष्पकमल दाहाल प्रचण्डले दश हजार सहिदको रगतमाथि खेलवाड गरेको आरोप लगाए ।

‘जनयुद्धमा दश हजार सहिदको लाशमा टेकेर प्रचण्डले क्रान्तिकारी जनतालाई गंभीर धोका र गद्धारी गरे ।’ उनले भने- ‘यति ठूलो सहिदहरुको सपनामाथि प्रचण्डले दिएको धोकालाई एकदिन जनताले दण्डित गर्ने छन् ।’

कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाश, एमाले सचिव प्रदीप ज्ञवाली र नागरिक समाजका डा. सुन्दरमणि दिक्षीतले बोलेका थिए ।

bbb11

bbb44

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार