नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले भारतमा भएको १२ बुँदे समझदारीका परिणाम माओवादी जनयुद्ध शान्ति सम्झौतामा पुगेर अन्त्य हुन पुगेको बताएका छन् ।

००७ सालदेखि अहिलेसम्मका सबै आन्दोलन भारतको भूमि र बलमा भएकोले ती आन्दोलनहरुले तार्किक निश्कर्ष ननिकालेको वैद्यको भनाई रहेको छ ।

bddd

आइतबार राजधानीमा आयोजित अन्तक्रिया कार्यक्रममा बोल्दै वैद्यले अविभाजित माओवादीमा प्रचण्ड र बाबुरामले आफुहरुसँग कुनै गंभीर छलफल नगरेर शान्ति सम्झौता गरेको बताए ।

‘शान्ति सम्झौतालगायत थुप्रै दुरगामी निणर्यहरु गर्दा हामीसँग कुनै छलफलहरु भएनन् ।’ वैद्यले कार्यक्रममा भने- ‘प्रचण्डले कांग्रेस र एमालको भनाईलाई मानेर शान्ति सम्झौतामा आफुखुशी निर्णय गरेका हुन् । हामीले गतल प्रकारणको सम्झौताको विरोध गरेका हौं ।’

१२ बुँदे समझदारीदेखि विस्तृत शान्ति सम्झौताहुँदै अरु कयौं सम्झौताहरु भारतीय दबाब र हितमा भएको वैद्यको भनाई रहेको छ ।

‘कांग्रेस र एमालेदेखि माओवादी केन्द्रका नेताहरुले ठूल्ठूला गफ नलगाए हुन्छ । ती सम्झौताहरु आफुखुशी निर्णय भएका होइनन् ।’ वैद्यले भने- ‘कता कताबाट अर्ति बुद्धि आउँछन् । ती सबै दक्षिणतिरबाट आए । जसका कारण सबै सहमति र सम्झौताहरु भारतका हितमा भए । जनता ठगिने सम्झौता भए ।’

शान्ति सम्झौता गलत ठाउँमा पुग्नुको मुख्य दोषी कांग्रेस, एमाले र प्रचण्डका कारण भएको वैद्यको गंभीर अाराेप छ ।

‘राजा फालेपछि तीन मुख्य राजाहरु देखा परे ।’ वैद्यले भने- ‘कांग्रेस, एमाले र प्रचण्ड राजा बन्न पुगे । उनीहरुकै कारण देशमा शान्ति होइन अशान्ति पैदा हुन पुग्यो ।’

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार