नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री एव माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भारतको दास मात्र भएको संज्ञा दिएका छन् ।
नेपालको राष्ट्रियता अहिलेसम्मकै इतिहासमा निकै कमजोर भएको नेता ज्ञवालीको भनाई छ ।
राजधानीमा आयोजित जनअधिकार सरोकार मंचको वृहत शान्ति सम्झौताका दश वर्ष विषयक अन्तरक्रियामा बोल्दै नेता ज्ञवालीले प्रधानमन्त्री प्रचण्डले नेपालका सारा उपलव्धि भारतमा लगेर बुझाएको गंभीर आरोप लगाए ।

‘नेपालको राजनीतिमा भारतीय हस्तक्षेप यति माथिबाट भएको छ कि हाम्रा प्रधानमन्त्री प्रचण्ड भारतका दास मात्र भएका छन्’, उनले भने- ‘हप्तामा एक पटक भारतले संविधान संशोधन गर्न भनेर दबाब दिन्छ, हाम्रा प्रधानमन्त्री हुन्छ हजुर भनेर आदेश स्वीकार गर्छन् ।’
नेपाल भुटानीकरणहुँदै सिक्किमीकरणतिर गएको नेता ज्ञवालीको भनाई छ ।
मधेशी दललाई संविधान संशोधनका नाममा भारतले आफ्नो स्वार्थ पूरा गर्न प्रचण्डलाई दबाब दिएको एमाले नेता ज्ञवालीको अर्को आरोप थियो ।
हामीलाई मधेशका एलिट मधेशहरु चाहिएको होइन । निकै गरिब र पछि परेको मधेशीहरु चाहिएको छ । कार्यक्रममा ज्ञवालीले भने, अहिलेका मधेशवादी दलहरु आफ्नो सत्ताको स्वार्थमा मधेशी जनताको नाम मात्र लिइरहेका छन् ।
भारतको स्वाथर्मा हुन गइरहेको संविधान संशोधनको माग आफुहरुलाई अमान्य हुने ज्ञवाली भनाई छ ।







