
व्यवस्थापिका संसदले हालै केही दिनअघि सांसदहरुको मासिक भत्ता बृद्धि गरेपछि त्यसको चौतर्फी विरोध भएको छ ।
समाजिक संजाल फेसबुक, टवीटरलगायतमा विभिन्न नागरिक समाजका अगुवादेखि सर्वसाधारणले व्यवस्थापिका संसद र सांसदहरुको घोर विरोध गरेका छन् ।
६० हजार मासिक भत्ता भएको सांसदहरुको तलब एकैचोटी १ लाख पुर्याएपछि आम मान्छेले यस्तो विरोध गरेका हुन् ।
सांसदहरुको तलव बढाएलगत्तै नागरिक अगुवा एवं लेखक खगेन्द्र संग्रौला टवीटरमा लेखेका छन्–

‘ट्याममा हाजिर नहुने, लोकहितमा नबोल्ने, पार्टीको स्वार्थी इसारामा चल्ने सांसदको तलब बढेछ । स्याबास् ओनसरी घर्ती, अब एक एकवटा हात्ती बाँड ।’
सामाजिक संजाल फेसबुकमा सांसदहरुको तलब बढाएकोमा पूर्णजित पुन यस्तो लेख्छन्–
‘सरकारले अर्को लोकप्रिय र चमत्कार निर्णय गर्यो । सांसद महानुभावहरुको तलब हवात्तै बढायो । मंहगी र भ्रष्टचार चौगुणा बढ्नेछ ।’
त्यसैगरी सांसदको भत्ता बढाएकोमा मिडियाकर्मी सिता मादेम्वा चर्को असन्तुष्टी व्यक्त गर्दै लेख्छिन्–
‘हाम्रा गाउँका जनता खान नपाएर कुपोषणका कारण जन्मेर पनि जीवनको आनन्द लिन पाउँदैनन् । सभासदलाई खान पुगेन रे । गुनासो गर्नु नि बेकार छ भन्या ।’








