पूर्व राजा ज्ञानेन्द्र शाह केही दुर्इ हप्तादेखि नेपाल बाहिर छन् । उनी खासमा चीन भ्रमणमा छन् ।

चीनमा कुन स्तरका नेतासँग कस्तो भेटघाट भइरहेको छ भन्ने कुराको टुंगो नभएपनि ज्ञानेन्द्र चीनमा रहेको कुरा उच्च स्रोतले बताएको छ ।

gyanendra

नेपालको राजनीतिक कोर्ष अब के होला भन्ने वहसहरु चलिरहेको बेला ज्ञानेन्द्र चीनमा हुनुले आसन्न नेपालको राजनीति अर्को कोर्षमा पुग्ने राजनीतिक विश्लेषकहरुको आकलन रहेको छ ।

उच्च राजनीतिक स्रोतका अनुसार नेपालको राजनीतिमा दक्षिण हावी भइरहेको भन्दै त्यसलाई साइजमा ल्याउन ज्ञानेन्द्र उत्तरको सहयोग जुटाउन चीन गएका हुन् ।

कांग्रेस र माओवादी केन्द्र भारतको सामु लम्पसार परेर गएपछि नेपालको राष्ट्रियता निकै संकटमा परेकोले त्यस्तो स्थिति रोक्न ज्ञानेन्द्र चीनको सहयोग माग्न गएको देखिन्छ । एक पूवा राजावादी नेताको भनाई छ, नेपालमा दक्षिणको हस्तक्षेपकारी राजनीतिलाई रोक्न यो जरुरी पनि थियो ।

शाही शासनको अन्तिमतिर चाीन कार्ड प्रयोग गर्न खोजेपछि राजतन्त्र अन्त्यका लागि भारतले हस्तक्षेपकारी भूमिका खेलेको भन्दै ज्ञानेन्द्र अहिलेसम्म भारतसँग निकै क्रुद्ध भएको बताइन्छ ।

त्यसैको बदला लिन ज्ञानेन्द्र चीनको सहयोग चाहिरहेको बुझिन्छ । उनी नेपाल फर्केलगत्तै मुलुकमा राजनीतिक कोर्ष बदलिन थाल्ने राजनीतिक विश्लेषकहरुको भनाई छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार