माओवादी केन्द्रको संगठन लथालिंग छ । मंसिर २ र ३ गते बोलाइएको राष्ट्रिय भेला स्थगनसँगै अध्यक्ष प्रचण्ड पार्टी बादलहरुको जिम्मा सरकारमै हराएको आरोप लाग्न थालेको छ ।

pkkkkk

संगठनात्मक विषयमा छलफल गर्न ११ मंसिरमा बोलाइएको पोलिटब्युरो बैठकले पनि खासै समाधान दिने देखिदैन । राष्ट्रिय भेलामार्फत २५ सयको जम्बो केन्द्रीय समिति घटाई ५ सयमा झार्ने र अभियान चलाएर नेता कार्यकर्तालाई गाउँ पठाउने प्रचण्ड योजना स्थगन हुँदा बीचमै तुहिएको छ ।

३ नं प्रदेशको इन्चार्ज रहेका बादललाई संगठन विभाग प्रमुखको समेत जिम्मेबारी तोकिएको छ । उनले केन्द्रीय कार्यालय पेरिसडाँडामा आक्कल झुक्कल आउनुबाहेक राजधानीबाहिर पाइला टेकेका छैनन् ।

बादलको निष्क्रियताले संगठन डामाडोल भएको र पम्फा भुसाल समुहलाई हाबी बनाएर देव गुरुङ, हितमान शाक्यसहितका स्थापित नेतालाई अलपत्र पारेको आरोप लाग्न थालेको छ । पम्फा भुसाल पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख छिन् भने उनीनिकट श्रीराम अधिकार प्रशान्तलाई केन्द्रीय कार्यालयको मुख्यसचिव बनाइएको छ ।

निर्णयको हालसम्मका मुख्यसचिव प्रलाद बुढाथोकी र सचिव प्रकाश पोखरेलले विरोध गरिसकेका छन् । यी दुवै नारायणकाजी निकट हुन् । प्रकाश पोखरेलले बादल पक्षले आफुहरु र प्रचण्डबीच झगडा चर्काएर फाइदा लिन खोजेको बताउने गरेका छन् ।

गत साता नारायणकाजी पक्षधर नेताको हात्तीवनमा आयोजित भेलामा नारायणकाजी प्रकाशले बादल र पम्फाले प्रचण्डलाई फकाउने तथा आफुहरुविरुद्ध कुरा लगाउने गरेको गुनासो पोखेका थिए ।

जनआस्थाबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार