व्यस्थापिका संसदले सांसदहरुको तलब र भत्ता बढाएको विरोधमा संयुक्त विद्यार्थीहरु सडक आन्दोलनमा निस्केका छन् ।

बुधवार दिउँसो शान्तिबाटीकामा जम्मा भएका विद्यार्थीहरुले सर्वसाधारणको ढाड भाच्चिने गरी मंहगी बढिरहेको बेला उल्टो सांसदहरुको तलब बृद्धि गर्नु बेठीक भएको भन्दै आन्दोलनमा उत्रनु परेको बताएका थिए ।

student2

आन्दोलनमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको क्रान्तिकारी विद्यार्थी, एमाले निकट अनेरास्ववियु, वैद्य निकट अखिल क्रान्तिकारीलगायत ८ विद्यार्थी संगठनहरुले सांसदहरुको तलब बृद्धि गरेकोमा विरोध कार्यक्रम गरेका हुन् ।

कोणसभामा अनेरास्ववियुकी अध्यक्ष नविना लामा, विप्लव नेतृत्व अखिल क्रान्तिकारीका महासचिव दीपेन्द्र चलाउने, वैद्य निकट अखिल क्रान्तिकारीका नेताले सांसदको मासिक तबल बढाएर जनताको टाउकोमा मंहगीको भार थोपरेको आरोप लगाए ।

गत आइतबार मात्र व्यवस्थापिका संसदले सांसदहरुको मासिक तलब ६० हजारबाट बृद्धि गरेर एक लाख पुर्याएको छ ।

सांसदहरुको मासिक तलब बृद्धि गरेकोमा चौतर्फी विरोध भएपछि विद्यार्थीहरु सडक आन्दोलनमा उत्रेका हुन् ।

student233jpg

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार