सन् २००० देखि रुसी सत्ताको बागडोर समाइरहेका राष्ट्रपति भ्लादिमिर पुटिनको चर्चा विश्वव्यापी छ । पुटिन विश्वको शक्तिशाली नेतामा पर्दछन् । लगातार १६ वर्षदेखि निर्वाचित भएर सत्तामा बस्नु भनेको विश्वको लागि अनौठो कुरा पनि हो । त्यही भएर उनलाई धेरैले भगवानको अवतार या कसैले एलियनको अवतार भन्दै चर्चा गर्ने गरेका छन् ।

उनै भगवान र एलियनको अवतारको रुपमा अथ्र्याइएका पुटिनबारे भारतीय अनलाइन मिडिया गज्जब पोष्टले तयार पारेको सामाग्री प्रस्तुत गरेका छौं ।

puuutin

भनिन्छ- मृत्युमाथि कसैको पनि नियन्त्रण हुन सक्दैन । यो सरासर गलत हो ।

आजभोलि सोशल मिडियामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको धेरै तस्बिरहरु पोष्ट गरिएका छन् । जसमा भनिएको छ– पुटिन कमसेकम ५०० वर्षदेखि यस धर्तीमा अलग अलग रुपमा उपस्थित छन् । सबैभन्दा ताजा दावा उनी वर्षाैसम्म रुसी सैनिक हुनुमा छ ।

यो हल्ला हो या वास्तविकता ! यो कुरा आउने दिनहरुमा थाहा हुनेछ । तर इन्टनेटमा जुन तरिकाको हल्ला चलिराखेको छ, यसबाट यो अनुमान लगाइएको छ कि रुसी राष्ट्रपति धेरै वर्ष अगाडिबाट यो धर्तीमा विराजमान छन् । पुटिनसँग जोडिएको अरु धेरै कुराहरु छन् जुन पढेर तपाई पनि हैरान हुनुहुनेछ ।

१. कतै पुटिन एलियन त होइनन् ?

सोशल मिडियाबाट भाइरल भएको तस्बिरबाट सम्पुर्ण मान्छेहरुमा एक भ्रम पैदा भएको छ । जनता सोचिरहेका छन् कि पुटिन एलियन त होइनन् ? किनकि ५०० वर्षसम्म जिउँदो रहनु असम्भव छ ।

putin-ylin

२.यो पनि हुनसक्छ पुटिन ड्रैकुलाको वंशज हुन्

हल्ला जब फैलिन सुरु गर्छ तब धेरै नै हुने गर्छ । सोशल मिडियामा जनताले उनलाई   ड्रैकुलाको वंशजको संज्ञा दिएका छन् । जनताको विश्वास छ कि यति लामो समयसम्म मात्र ड्रैकुलाको वंशज मात्र जिउँदो हुनसक्छ ।

putin33

३.कतै यो तस्बिरहरु फोटोसपको कमाल त होइन ?

सोशल मिडियामा देखाइएको यी तस्बिरहरुमा पुटिनको ३ फोटोहरु छन् । यसमध्ये दुईवटा फोटो १९२० र १९४१ मा लिइएको बताइएको छ । तेस्रो फोटो पुटिनको हो । तिनवटै फोटाहरुमा अनुहार धेरै नै मिल्न जान्छ ।

पहिलो दुई फोटाहरु वास्तविक हो वा अरु कसैको यसबारेमा प्रश्न उठाउनेवालाहरु एकदमै कम छन् । ती कम मान्छेहरुले यो पनि टिप्पणी पनि गरिरहेका छन् कि कतै यो फोटोसपको कमाल त होइन ?

puuutin

४. हे भगवान यी त सयौ वर्षबाट छन् !

रुसमा पुटिनलाई चाहानेवाला जनताहरु धेरै नै छन् । धेरै जनताले यस हल्लामाथि आफ्नो अलग अलग विचार दिएका छन् ।

अहिले मोनालिसाको फोटोसंगै राखेर बताइएको छ कि मोनालिसाको पेटिङसँग पुटिनको अनुहार धेरै नै मिल्ने गर्छ । यसको मतलब पुटिन १९ औँ शताब्दीबाट यस धर्तीमा विराजमान छन् ।

putin44

५. यो भन्दा पहिले पनि पुटिन चर्चामा आएका थिए

रुसका राष्ट्रपति पुटिन आफ्नो सुरुवाती समयबाट नै चर्चामा रहिरहेका छन् ।

राजनीतिक रुपमा भन्दा अलग उनी करातेमा पनि च्याम्पियन भइसकेका छन् । झण्डै ६३ वर्ष हुनलाग्दा पनि उनी घोडसवारी गर्ने गर्छन् र धेरै कठिनाई खालका व्यायम गरेको पनि उनलाई सार्वजनिक रुपमा देखाइएको छ । जनता यी कुराहरुलाई उनी अमर हुनुसँग जोडिरहेका छन् ।

putin-55

६.समर्थनमा के के ?

राष्ट्रपति पुटिन सन् २००० बाट देशको बाग्डोर सम्हालिरहेका छन् । उनी २००० बाट २००८ सम्म रुसको राष्ट्रपति रहे र २००८ बाट २०१२ सम्म उनले देशको प्रधानमन्त्रीको कुर्सी सम्हाले ।

putin-88

संविधान संशोधनपछि उनी २०१२ मा फेरि रुसका राष्ट्रपति बने । पुटिनलाई विश्वमा एक सफल राजनेताको रुपमा लिइन्छ । उनी दुनियाँको टप टेन शक्तिशाली राजनेता मध्यमा पर्दछन् । रुसमा उनको लोकप्रियता धेरै नै छ, यसको अलवा देशबाहिर पनि उनको छबि सम्मानजनक छ ।

यस पृथ्वीमाथि ५०० वर्षसम्म जिउँदो रहनु सामान्यतया असम्भव नै हो तर यस अजिब दुनियाँमा जे पनि सम्भब छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार