नेकपा एमालेले माओवाादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई देशद्रोहीको संज्ञा दिएको छ ।

एमालेको मुखपत्र दृष्टि साप्ताहिकले खरो टिप्पणी लेख्दै प्रचण्डलाई देशद्रोहीको संज्ञा दिएको हो । ‘देशद्रोहीको हातमा देश ?’ शीर्षक दिएर दृष्टिले यस्तो लेखेको हो ।

‘कायरहरू मृत्युभन्दा अघि पटक पटक मर्छन्– महान् नाटककार विलियम शेक्सिपियर भन्थे । अहिले नेपालमा कायर नेताहरू पटक पटक मरिरहेछन् ।’ दृष्टिले लेखेकाे छ- ‘मरेतुल्य बनेर नेपाली जनतालाई अन्यौल, अस्थिरता र अराजकताको भारी बोकाइरहेछन् । सहमतिको अलाप जप्दा जप्दै नेपालमा विकासको गति लिन पाएको छैन । राजनीतिक अन्यौलताले आम जनतामा उत्साह भर्न पाएको छैन ।’

भारतका सामु लम्पसार परेर कायरता प्रदर्शन गरेको भन्दै दृष्टिले प्रचण्डलाई कायरको संज्ञा समेत दिएको छ । भारतीय बुद्धिजीवि एस डि मुनीको धम्कीसामु झुक्ने प्रचण्ड राजदुतका सामु कतिसम्म झुक्छन् होला भनेर कटु आलोचना गरिएको छ ।

साथै दृष्टिले प्रचण्डका साथै देउवालाई पनि कायरतका संज्ञा दिएको छ ।

ppppkk

दृष्टिको टिप्पणीको छोटो अशं यस्तो छ :

कायरहरू मृत्युभन्दा अघि पटक पटक मर्छन्– महान् नाटककार विलियम शेक्सिपियर भन्थे । अहिले नेपालमा कायर नेताहरू पटक पटक मरिरहेछन् । मरेतुल्य बनेर नेपाली जनतालाई अन्यौल, अस्थिरता र अराजकताको भारी बोकाइरहेछन् ।

सहमतिको अलाप जप्दा जप्दै नेपालमा विकासको गति लिन पाएको छैन । राजनीतिक अन्यौलताले आम जनतामा उत्साह भर्न पाएको छैन । देश विदेशका नेपथ्यका खेलाडीहरूलाई समेत खुशी बनाउने ध्यानमा देशले जुन कोर्स लिनुपर्ने हो लिन सकेको छैन । यसको मुख्य कारण नेताहरूले जोखिम मोल्न नसक्नु हो ।

नेपालमा जोखिम मोल्ने नेताहरूको खडेरी पर्दा देश अन्यौलको भूमरीबाट मुक्त हुन सकेको छैन । देशको भलो के गर्दा हुन्छ र जनताको जायज मागलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने अध्ययन अनुसन्धानबाट पत्ता लाग्ने विषय हो । विना पूर्वाग्रह गरिएको गहिरो अध्ययनले मात्र देशको वास्तविक समस्या देखाएर कुशल नेतृत्वले निर्माण गर्ने योजना र त्यसको कार्यान्वयनले हल निस्कन्छ । कुरा सबैको सुन्नुपर्छ तर निर्णयक्षमता नेतृत्वमा हुनुपर्छ ।

नेपाली राजनीतिमा कुरा सुन्ने भन्दा सुनाउने नेता भए निर्णय गर्ने भन्दा निर्णय सुन्नेको हालीमुहाली भयो ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि शेरबहादुर देउवासम्मलाई भारतीय प्राध्यापक एसडी मुनी यो या त्यो गर नगर भन्छन् । एउटा रिटायर्ड प्राध्यापकले त यसो भन्छन् भने विदेशी राजदूतहरूले के कस्तो निर्देशन गर्छन् होला ? कुरा सबैको सुन्नुपर्छ ।

एसडी मुनी अध्ययनकर्ता हुन्, नेपालबारे जानकार हुन् । उनको कुरा सुन्नुपर्छ तर उनको निर्देशन नेपालमा चल्दैन भन्ने स्पष्ट पार्नसक्नुपर्छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार