प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भारतले संविधान संशोधनमा दबाद दिएपछि उनको भारतसँगको अन्तरविरोध चरम उत्कर्षमा पुगेको छ ।
भारतीय शासकहरुलाई दिएको प्रतिबद्धता प्रचण्डले पूरा नगरेपछि भारत प्रचण्डसँग आगो भएको छ ।

‘हामीसँग के कमिटमेन्ट गरेको हो ? त्यो पूरा गर्न पर्छ कि पर्दैन ?’ भारतले प्रचण्डलाई हपार्दै भनेको छ- ‘हामीसँग जे कमिटमेन्ट गरेको हो, त्यो तपाईले कुनै पनि हालतमा पूरा गर्नुपर्छ ।’
प्रचण्डले भारतसँग गरेको कमिटमेन्ट भनेको नेपालमा संविधान कुनैपनि हालतमा संविधान संशोधन गर्ने र त्यसमा मधेशवादीहरुलाई जसरी पनि संवोधन गर्ने रहेको थियो । तर देशमा एमालेलगायत ठूलो समुह संविधान संशोधनमा बाधक देखिएपछि प्रचण्ड निकै ठूलो तनावमा परेका छन् ।
संसदीय राजनीतिमा चलाख खेलाडी बन्न खोजेका प्रचण्डले भारतलाई समेत खेलाउन खोजेपछि भारत प्रचण्डसँग क्रुद्ध भएको बताइएको छ । आफुलाई खेलाउन खोजेपछि भारतले प्रचण्डलाई आउट गर्ने मनस्थितिमा समेत पुगेको बुझिन्छ ।
भारतको निकै ठूलो प्रेसर आएपछि प्रचण्ड पनि राजिनामा दिने मुडमा रहेको माओवादी केन्द्रको उच्च स्रोतको भनाई छ ।







