नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादीका युवाहरु उपत्यकाका विभिन्न स्थानमा जनश्रमदानसँगै स्थानीय जनताको बीचमा रहेर काम गर्दैछन् ।
उपत्यका अन्तर्गत काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा विप्लव माओवादीका युवाहरु स्थानीय सर्वसाधारणको विकास निर्माण र जनश्रमदानसँगै जनता प्रशिक्षित गर्ने काममा पनि लागिरहेका छन् ।

भक्तपुरका स्थानीयसँग विप्लव माअाेवादी युवाहरू ।
माअाेवादी युवाहरूले स्थानीय सर्वसाधारणहरुको विकास निर्माण र जनश्रमदानसँगै जनभेटघाट र संगठन निर्माणलाई पनि सँगसँगै लगिरहेका छन् । ‘राष्ट्रकाे लागि युवा अभियान’ अन्तर्गत विप्लव माओवादी निकट राष्ट्रिय युवा जनस्वयंसेवकको केन्द्रीय अभियान टोली उपत्यकामा जनतालाई राष्ट्रियता, जनतन्त्र र जनजीविकाबारे प्रशिक्षित गर्ने काम पनि गरिरहेको छ ।
उपत्यकाका गाउँ-टोल, स्कुुल र कलेज सबैतिर विप्लव माओवादी युवाहरु जनतालाई प्रशिक्षित र संगठित पनि गरहेका छन् ।
‘आज देशमा राष्ट्रियता, जनतन्त्र र जनजीविको प्रश्न निकै जटिल बनिरहेको छ । हामी यही मुद्धा लिएर उपत्यकामा युवा अभियान चलाइरहेका छौं ।’ युवा जनस्वयंसेवक उपत्यका इन्चार्ज केशव पोखरेल भन्छन्- ‘युवा अभियानमा हामीले जनतालाई राष्टियता र जनतन्त्रबारे प्रशिक्षित गर्नेसँगै संगठित पनि गरहेका छौं ।’
उपत्यकाअन्तर्गत काठमाडौं, ललितपुर र भक्तपुरमा विप्लव माओवादीका युवाहरुको विकास र जनश्रमदानबाट स्थानीयहरु असाध्यै भएको युवा जनस्संसेवकले बताएको छ ।

काठमाडौंको एक स्कुलमा विद्यार्थीहरुसँग घुलमेल गर्दै माओवादी युवाहरु







