१० मंसिर, रोल्पा

सुखी जीवन बिताउने सपना देखाएर विदेश गएका श्रीमानको लास पनि नपाउँदा घोडागाउँ रोल्पाकी २५वर्षीया मधु केसीलाई ठूलो बज्रपात परेको

वैदेशिक रोजगारीका लागि भारतको केरला पुगेका श्रीमान गाडी दुर्घटनामा परी मंसिर गते मृत्यु भएको खबर सुनेसँगै बिहे गर्ने उमेरकी मधुका हातका चुरा फोरिएका छन् । निधारको टीका पुछिएको , सिन्दूर  पोते खोसिएको

rolpali-cheli44

कलिलो उमेरमा श्रीमान गुमाएपछि किरियाकर्म गर्दै मधु

असाैज बारेकी केसीलाई अझै पनि श्रीमानको निधन भएको कुरामा विश्वास छैन तीन दिनअघि मात्र श्रीमानसँग भएका भावी जीवनका मिठा फोन वार्ता अब मधुका लागि दिवास्वप्न मात्र बनेका छन् १५ गते उहाँ घर आउने कुरा थियो, डाँको छोड्दै मधुले भनिन्

संयोग पनि अचम्मको ! मधुका श्रीमानको नाम पनि मधु नै हो आज भन्दा सात वर्ष पहिले खुंग्री रोल्पाकी मधु विष्टले घोडागाउँ५ रोल्पाका मधु केसीसँग प्रेम विवाह गरेका थिए । पारिवारिक रुपमा सामान्य नाता रहे पनि दुवैको इच्छाअनुरुप प्रेम विवाह भएको हो ।

वैवाहिक सम्बन्ध पनि राम्रै चलेको थियो तर आर्थिक अभावका कारण नचाहेर पनि वृद्ध बाबुआमा जवान श्रीमती घरमै छोडेरश्रीमान् मधु विदेशिए ।

मधुले भनिन्- ‘दसैँमा घर आउँछु भन्नुहुन्थ्यो मैले नआउन भनेँ दसैँभन्दा तिहारमा साथीभाइ देउसी भैलोको रमझम हुनेहुँदा तिहारमाआउने सल्लाह भयो तिहारमा पनि कम्पनीले बिदा दिएन, मङ्सिरमा आउने बाचा थियो, दैवले टुटायो यस्तो हुन्छ भन्नेथाहापाएको भए बरु एकै छाक खाएर जीवन बिताउने थिएँ   घरबाट कहीँ निस्कन दिने थिइनँ ।’

रहेको गर्भ पनि फागुन महिनामा पतन भएपछि चिन्तित बनेकी मधुको जीवनमा फेरि अर्को ठूलो पीडा थपिएको यतिबेला उनको काखमा सन्तान श्रीमान नै

घोडागाउँ रोल्पाका पूर्व शिक्षक खेमराज शर्माका अनुसार टेन्ट हाउसमा फलामसम्बन्धी काम गर्दै आएका मधु चढेको गाडीलाई कामबाट फर्कंदै गर्दा मालबाहक ट्रकले धक्का दिएपछि गाडी नदीमा खसेको थियो मङ्सिर गते मात्र शव फेला र्यो ।

गाउँबाट रोजगारीका लागि सँगै भारत निस्किएका मधुका साथीहरुले पैसा उठाएर गते उनको दाहसंस्कार सम्पन्न गरेका छन्

अर्थाभावका कारण उनको परिवार शव लिन भारत पुग्न सक्यो लास नेपाल ल्याउन नै योभन्दा ठूलो पीडा जीवनमा कसैलाई भोग्नु नपरोस्,” शर्माले भाबुक बन्दै भने ।

उनका अनुसार आश्रय लिएको छोराको निधन भएपछि केसी परिवारको बेहाल भएको घरमा मृतककी ६० वर्षकी वृद्ध आमा ६५वर्षका वृद्ध बुबा छन् । श्रीमती मधुका अनुसार श्रीमान् वैदेशिक रोजगारीका लागि यसअघि दुबई जाँदा लिएको ऋण अझैतिर्न बाँकी

कमाउने मान्छे नै नरहेपछि परिवारलाई त्यो ऋण कसरी तिर्ने भन्ने बारेमा थप चिन्ता बढेको भने बाबुआमालाई पनि छोराकोशव समेत देख्न नपाएकामा विस्मात् तीन भाइ छोरा जन्माएका मधुका बुबाआमा माइलो छोरा मृतक मधुसँगै बस्दै आएका थिए भने जेठो  कान्छो छोरा यसअघि नै छुट्टिएर भिन्न भइसकेका छ ।

madhu2222

ससुरासँग किरिया गर्दै गर्दा मधु

राम्ररी घर व्यवहार चलाउनू, बेलाबेलामा पैसा पठाउँदै गरुँला, बुबाआमाको ख्याल गर्नु केही वर्ष दुःख गरेर फर्किएँ भनेजीवनभरि सुखले रमाउलाभनेर घरबाट हिँडेकाश्रीमान् आउन करिब १५ दिन बाँकी रहेकै बेला मृत्युको खबर आयो

मृतक मधु केसी जस्तै रोल्पा जिल्लाबाट रोजगारीका लागि बाहिरिने ठूलो सङ्ख्याका रोल्पालीहरु कहाँ छन्के काम गर्छन् त्यसको आधिकारिक तथ्याङ्क जिल्लामा कहीँ कतै फेला पर्न सकेको छैन

जिल्ला प्रशासन कार्यालय रोल्पाको तथ्याङ्क हेर्दा यस आर्थिक वर्षको साउन महिनादेखि अहिलेसम्म एक हजार ५०० भन्दा बढी युवाले देश बाहिर जान भन्दै राहदानी बनाएका छन् विशेष गरी १६ देखि ४५ वर्ष उमेर समूहले राहदानी बनाउने गरेका छन्

रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार