नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादीको आसन्न महाधिवेशनका लागि उपत्यकाका भित्ताहरुमा वाल पेन्टिङहरुद्धारा रंगिएका छन् ।

उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा विप्लव माओवादीका युवाहरुले फागुन १ गते हुन गइरहेको आठौं महाधिवेशन सफल पारौं भन्ने नारा लेखेर रंगाएका छन् ।

bppppww

‘फागुन १ गते खुलामंच जाऔं, आठौं महाधिवेशन सफल पारौं’ भन्ने नारासहित माओवादी युवाहरुले उपत्यकाका घर घर र ठाउँ ठाउँमा राता अक्षरबाट रंगाएका छन् ।

फागुन १ गते काठमाडौंको खुलामंचमा उद्घाटन हुने र रोल्पा थबाङमा बन्दसत्र हुने विप्लव माओवादीको यो महाधिवेशन निकै नयाँ र ऐतिहासिक हुने पार्टीका नेताहरुले बताउने गरेका छन् ।

‘महाधिवेशन हाम्रो महान् उत्सव हो, हामी त्यही उत्सवको तयारीमा छौं ।’ माओवादी स्थायी समिति सदस्य एंव उपत्यका व्युरो इन्चार्ज सन्तोष बुढा मगर भन्छन्- ‘महाधिवेशनको त्यो उत्सवका लागि हाम्रा आम नेता र कार्यकताहरु वालपेन्टिङदेखि सम्पूर्ण तयारीमा खटेका छन् ।’

प्रचण्ड -बाबुरामसँग सम्वन्ध विच्छेदपछि मोहन वैद्य किरणको नेतृत्वमा ०७० को काठमाडौंको कमलादीमा भएको सातौं महाधिवेशन भएको थियो ।

वैद्यसँगको विभाजनपछि विप्लव माओवादीले यो महाधिवेशनलाई त्यसपछिको निरन्तरतामा आठौं महाधिवेशनको रुपमा लिएको छ ।

bp33

bp444

bppww22

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार