
काठमाडौं उपत्यकालाई भूकम्पको धक्काले हल्लायो । सोमबार बिहान काठमाडौं उपत्यकामा भूकम्पको धक्का आएपछि सर्वसाधारणमा हल्लीखल्ली मच्चियो ।
बिहान ५ बजेर २१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। ५ दशलमव २ म्याग्निच्चुडको भूकम्प गएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले बताएका छन्।
विहानपख भूकम्पको धक्का महसुस भएपछि मानिसहरु घर बाहिर निस्किएका थिए। भूकम्पले वेष्ट बंगाल क्षेत्रमा पनि धक्का दिएको छ ।।







