नेत्र विक्रम चन्द विप्लव नेतृत्व माओवादीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले माओवादीले जनमुक्ति सेना विघटन नगरेको बताउँदै अहिले पनि जनताको साथमा रहेको बताएका छन् ।

सोमबार कालिकोट सदरमुकाम मान्मामा क्रान्तिकारी पत्रकार संगठन जिल्ला शाखाले आयोजनो गरेको पत्रकार सम्मेलनमा उनले यस्तो कुरा बताएका हुन् ।

prakand

‘हाम्रो पार्टीले कहिल्यै जनमुक्ति सेनाको विघटन गरेका छैन,’ उनले भने, ‘जनमुक्ति सेना अहिले पनि जनताको साथमा रहेको छ ।’

जनताको चाहना अनुसार काम नभइ भष्ट्राचारले सिमा नाघेको र जनतामाथिको अन्याय अत्याचार बढ्दै गएको बताउँदै उनले अब जनताले जनमुक्ति सेनाको गठन गरेर त्यसको प्रतिकार गर्ने बताए ।

‘भष्ट्राचार मौलाउँदो अवस्थामा रहेको छ । जनताले अन्याय अत्यचार सहन सकेका छैनन्’, उनले भने,‘जनताले जनमुक्ति सेनाको गठन गरेर त्यसको प्रतिकार गर्न चाहेका छन् ।’

माओवादी प्रवक्ता  विश्वकर्माले वर्तमान संविधान संशोधन र कार्यन्वयन दुबै नहुने बताएका छन् ।

अहिले संविधानलाई मधेशवादी दलहरुले स्वीकार नगरेको र क्रान्तिकारी धारमा रहेकाले संविधान खारेजीको माग गरेका कारणले अहिलेकाे अवस्थामा संविधान संसोधन र कार्यन्वयनमा हुनै नसक्ने प्रवक्ता प्रकाण्डकाे भनार्इ थियाे ।

‘मधेसवादी दलहरुले संविधानको बिरोध गरिरहेका छन् । कसैले संविधान मान्दैनौ भनिरहेका छन् त कसैले संविधान संसोधन नै हुदैन भनिरहेका छन्’, उनले भने, ‘यस्तो अवस्थामा संविधान संसोधन र कार्यन्वयन दुबै हुन सक्दैन ।’

दुई पटक मन्त्री समेत भएका बिश्वकर्माले कर्णालीको पर्यटन विकासमा आफूले योगदान दिएको बताए । ‘रारा पर्यटनको गुरु योजना मैले नै बनाएको हुँ’, उनले भने,‘कर्णाली विकासका लागि पनि ठुलो योगदान दिएको छु ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार