जनयुद्धमा लामो समय लडेका जनमुक्ति सेनाका सदस्यहरु नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादीमा मलेशियामा पुर्नसंगठित भएका छन्।
नेपाली जनप्रगतिशील मोर्चाको नाममा उनीहरु मलेशियामा संगठित भएका हुन् ।

हालै बसेको मोर्चाको बैठकले २७ सदस्यीय समितिको सांगठनिक हेरफेरसहित संगठन विस्तारसम्वन्धी महत्वपूर्ण निर्णयहरु पनि गरेको छ । बैठकले संगठनलाई व्यस्थित ढंगले संगठन विस्तार गर्ने निर्णय पनि गरेको छ ।
बैठकले पार्टी मलेशिया प्रवाव शााखा संयोजकमा महेश कुमार ओलीलाई जिम्मा दिएको छ भने जनप्रगतिशील मोर्चाको अध्यक्षमा सुमन श्रेष्ठलाई जिम्मा दिएको छ । उपाध्यक्षमा विस्फोट मगर, आत्मा राई, र शम्भु बस्नेत रहेका छन् । महासचिवमा टिकाराम ओली, सचिवमा हिमाल चौधरी, सहसचिवमा अजुर्न सुवेदी र कोषाध्यक्षमा रत्नबहादुर तामान रहेका छन् ।
मोर्चाको प्रवक्तामा आयुश खड्का रहेका छन् । केन्द्रीय सदस्यहरुमा गोविन्द केसी, झविन्द्र महरा, दधिराम खनाल, मनराज शाही, लालकुमारी रोका, रविना राई, रामचन्द्र देवकोटा रहेका छन् । त्यसैगरी सदस्यहरुमा दिलीप भटराई, कोमन लामा, नवराज बुढाममगर, सन्दर्भ आरसी, मोहनसिंह मगर र टेक पुरी रहेका छन् ।
मोर्चाको बैठकले विभिन्न विभागहरु पनि निर्माण गरेको छ । आयुश खड्का र रत्न तामान र मनराज शाहीलाई आर्थिक विभागको जिम्मा तोकेको छ । आत्म राई, शम्भु बस्नेत र विस्फोट मगरलाई अनुगमन विभागको जिम्मा तोकेको छ । लालकुमारी रोकालाई महिला विभागको जिम्मा दिएको छ ।
आत्मा राई, अर्जुन सुवेदी र गोविन्द केसीलाई खेलकुद विभागको जिम्मा तोकेको छ । झविन्द्र महरा, हिमाल चौधरी र दिलीप भटराईलाई बुद्धिजीवि विभागको जिम्मेबारी दिएको छ । शम्भु बस्नेत, हिमाल चौधरी र सुमन श्रेष्ठलाई प्रचार विभागको जिम्मेबारी तोकेको छ ।
साथै मोर्चाले ७ सदस्यीय सल्लाहकार समिति पनि निर्माण गरेको छ । सल्लाहकारमा संभव कुँवर, नरेश क्षितिज, याम शर्मा, भोला घिमिरे, मोहित थापा, गोविन्द साउथ पुस्कर र अनिल तामाङ रहेका छन् ।







