तस्बिरमा देखिएका यी घरहरु हुन् रोल्पाको खुंग्री हरिगाउँ ।
उत्तरमा पहाड र दक्षिणमा पनि पहाड अनि त्यसको तल्लो भागमा रहेको एउटा चिटिक्क परेको गाउँ । हरिगाउँको पहिचान यही हो ।

रोल्पा सदरमुकामबाट दक्षिणी भागमा रहेको यो गाउँ रोल्पाका अन्य विकट गाउँहरुभन्दा त्यति विकट मानिदैन । मोटरबाटो पुगेको, बिजुलीबत्ती उपलव्ध भएको र सदरमुकामसँग नजिक भएकोले यो गाउँ राजनीतिक, आर्थिक, सामाजिक र शैक्षिक हिसाबले पनि केही हदसम्म सदरमुकामको पँहुज नजिक देखिन्छ ।
२० वर्षको बीचमा गाउँमा आएको परिवर्तन के हो भनेर कसैले सोध्यो भने त्यसको जबाफ हुन्छ- विदेश गएका युवाहरुको पसिनाले रंगिएका छन् केही घरहरु छन् । त्यही नै अहिलेको परिवर्तन हो भनेर भन्ने गरिन्छ ।
वास्तवमा २० वर्षको बीचमा नेपालमा ठूलो राजनीतिक उथलपुथल चल्यो ।
दश वर्षसम्म लामो जनयुद्ध चल्यो । जुन जनयुद्धले राजतन्त्रको अन्त्य गर्यो र गणतन्त्रको स्थापना गर्यो । तर देशमा कुनै पनि जनताको जीवनस्तरमा परिवर्तन आउन सकेन ।
बरु गणतन्त्रपछि ४० लाख युवाहरु विदेशिए । ती विदेशिएका युवाहरुको पसिनाले गाउँमा केही घरहरु रंगिएका मात्र छन् । घरका टीनका पाताहरु फेरिएका छन् । मात्र त्यही हो । तर त्यसले सिंगो समाजमा कुनै परिवर्तन दिन सकेको छैन ।

सिंगो देशको अहिलेको यथार्थता यही हो । लाग्छ सिंगो जनताको वास्तविकता पनि यही हो । रोल्पा गएर यसपाली नजिकबाट हेर्दा प्राय गाउँहरु टीनको पाताले रंगिएका छन् ।
तर जनजीवन उही छ । जनताको आर्थिक स्तर उस्तै छ । गरिबी उस्तै छ । बेरोजगारी दर उस्तै छ ।

रोल्पाबाट फर्केपछि







