सोमबार एउटा अनलाइन मिडियाले प्रकाश चन्दले पार्टीले उठाएको चन्दाबाट ५० लाखको मोटर साइकल किनेको भन्ने समाचारलाई नेकपा (माओवाादी) का महासचिव विप्लवले भ्रामक भन्दै खण्डन गरेका छन् ।

प्रकाश चन्द विप्लवका जेठा छोरा हुन् । उनले पार्टीको पैसा दुरुपयोग गरेर ५० लाखको मोटर साइकल किनेको भन्दै सोमबार फुर्सद न्युज अनलाइनले निराधार र कपोल्कल्पित समाचार लेखेको थियो ।
फुर्सद न्युज डटकमका संचालक दधि नाम गरेका मान्छे कसैको प्रयोग आएर यस्तो भ्रामक समाचार लेखेको महासचिव विप्लवले सामाजिक संजाल फेसबुकबाट खण्डन गरेका छन् ।
दधिजी, तपाईलाई म चिन्दिन तर तपाईको समाचार पढे । सायद तपाईलाई कसैले दुरुपयोग गर्दैछ । विप्लवले समाचारको खण्डन गर्दै फेसबुक स्टाटसमा लेखेको छन, तपाईको समाचार सही भए सबै वस्तु तपाईकै हुने छन् । यदि त्यो सही नभए तपाईलाई के गर्ने ?
फुर्सद न्युज नामक अनलाइनले यस्तो भ्रामक समाचार लेखेपछि विप्लव माओवादीका कार्यकर्ताहरुले झुठ समाचार लेख्ने मान्छेलाई कडाभन्दा कडा कार्वाही गर्नु पर्ने माग गरिरहेका छन् ।
अरु बाँकी महासचिव विप्लवले सामाजिक संजाल फेसबुकमा दिएको वक्तव्यको पूरा अंश :








