कालिकोट ।

नेकपा (माओवादी)का स्थायी समिति सदस्य तथा प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एकपल्ट अन्तिम युद्ध हुने बताएका छन् ।

कालिकोटको सदरमुकाम मान्मामा मंगलबार पार्टीले अायाेजना गरेकाे बृहत जनसभालाई सम्बोधन गर्दै प्रबक्ता प्रकाण्डले आफ्नाे पार्टीले क्रान्ति गर्दा दलाल सरकारले दमन गर्ने र एकपल्ट अन्तिम युद्ध हुने विचार व्यक्त गरेका हुन् । “हामी २१ अाैं शताब्दीको क्रान्ति एकीकृत जनक्रान्तिमार्फत गर्न चाहान्छौं, दमन भएमा स्वतः युद्ध हुन्छ,” उनले भने ।

pk111

जनसभालाई सम्बाेधन गर्दै प्रकाण्डले विगतमा जनयुद्धले स्थापित गरेका मुल्य र मान्यता जनपक्षीय भएपनि जनयुद्ध विरोधीले जनता र जनताबीचको युद्धको रुपमा ब्याख्या गर्ने र दुरुपयोग गर्न खोज्दा धेरै क्षति भएको बताए । नेकपा (माओवादी)को जन्मसँगै जनविरोधीहरु अत्तालिएको र जनतालाई ठग्नेहरु विस्तारै डराएर जनताका मुद्धाविरुद्ध बोल्ने अन्तिम प्रयास गरिरहेको प्रवक्ताको धारणा राखे ।

“जनजिविकाका मुद्धा उठाउँदा दलाल सरकारले दमन गर्छ गिरफ्तार गर्छ भने जनताले प्रतिरोध गर्छन् अनि राज्यले दमन गर्छ र पुनः प्रतिरोध गर्दा युद्ध हुन्छ,” प्रबक्ता प्रकाण्डले भने । जनताले युद्ध नचाएपनि सरकारकै कारण यो मुलुकमा अन्तिम युद्ध भइछाड्ने भन्दै त्यसका लागि तयार रहन अपिल समेत गरे । देशमा हुने अत्याचारका विरुद्ध जनताले अन्तिम लडाइँ लड्ने र त्यसको नेतृत्व अाफ्नाे पार्टीले गर्ने बताए ।

नेकपा (माओवादी)का पोलिट्यूरो सदस्य एवं पूर्वी ताम्सालिङ व्यूरो इन्चार्ज भरत बम ‘रणविर’ले जनताको जनजिविकाको मुद्धामा अाफ्नाे पार्टीले अन्तिम संघर्ष गर्न लागिपरेको बताए । “जनता अन्तिम संघर्षमा छन् त्यसको नेतृत्व विप्लवको नेतृत्वमा रहेको माओवादीले गर्नेछ, यो अन्तिम लडाई हुनेछ,” रणविरले भने ।

pk44

कर्णालीले धेरै रग बगाएको र त्यसमा कालिकोट अग्रभागमा रहेकाले त्यो रगतको मुल्य जनताले चुक्ता गरिछाड्ने बताउँदै रणविरले भने, “परिवर्तनका लागि, स्वाधिनताका लागि अनि बैज्ञानिक समाजवाद निर्माण लागि जनताले निर्णायक क्रान्ति गर्दैछन् त्यसको नेतृत्वको नेकपा(माओवादी)ले गर्नेछ ।”

त्यसैगरी कर्णाली व्यूरो इन्चार्ज एटमले माओवादी विभाजित हुँदा विरोधीहरुले जनतालाई सताउने र थप उत्पीडन गर्ने प्रवृतिका विरुद्ध पार्टीले निर्णायक संघर्ष थाल्ने विचार व्यक्त गरे । “जनयुद्ध अघिकै कथित संसदीय प्रवृतिमा रमाउन पाइन्छ भन्ने दलालहरुले सोचेका होलान् खवरदार जनताले फेरि अन्तिम धक्का दिँदैछन्” चेतावनी दिदै एटमले बताए ।

माओवादी केन्द्रीय सदस्य माइला लामाले जनताको जनजिविकाको मुद्धामा माओवादी सदैव संघर्षरत रहेको बताउँदै जनताको जित नहुँदासम्म निरन्तर लडिरहने प्रतिवद्धता व्यक्त गरे । “तपाईहरुसँग नेकपा माओवादी छ, कसैले दुःख दियो भने हाम्रो पार्टीलाई सम्झनु होला, माइला लामाले भने, जनताका बैरीहरुका विरुद्ध कालिकोटले पहिल्यै लड्न जानेको छ, फेरि पनि स्वाभिमानका लागि लड्छ ।” लामाले अाफ्नाे पार्टीले जनताको अन्तिम मुक्तिका लागि क्रान्ति गर्ने र मदन गरे युद्ध लड्ने बताए ।

जिल्ला सेक्रेटरी समरको सञ्चालनमा भएको जनसभामा सामना सांस्कृतिक परिवारले जनप्रिय गित र नृत्यमार्फत क्रान्तिका सन्देश दिएका थिए ।

pk33

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार