केही महिनाअघि मात्र फिलिपिन्स सरकार र क्रान्तिकारी विद्रोही पक्षबीच चलेको युद्धविरामपछिको वार्ताले कुनै ठोस आकार ग्रहण गर्न पाउँदै भंग हुने स्थितिमा पुगेको छ ।

फिलिपिन्समा नयाँ राष्ट्रपतिको रुपमा रोड्रिगो डोर्टेट आएपछि शान्ति वार्ताको प्रक्रिया अगाडि बढेको थियो ।

In this photo taken Nov. 23, 2016, members of the New People's Army communist rebels with face painted to conceal their identities, march with their firearms before a news conference held at their guerrilla encampment tucked in the harsh wilderness of the Sierra Madre mountains southeast of Manila, Philippines. Communist guerrillas warn that a peace deal with President Rodrigo Duterte's government is unlikely if he won't end the Philippines' treaty alliance with the United States and resist control by other countries. (AP Photo/Aaron Favila)

क्रान्तिकारी विद्रोही सेना न्यु पिपुल्स आर्मीका सदस्यहरु ।

तर हालसालै क्रान्तिकारी विद्रोहीहरु बसेको अस्थायी क्याम्पमा सरकारी सेनाले अनावश्यक अपरेसन र खानतलासी गर्न थालेपछि शान्ति वार्ता भंग हुने स्थितिमा पुगेको हो ।

राजधानी मनिलाको दक्षिणी पहाडी भेगमा न्यु पिपुल्स आर्मीका सदस्यहरु क्याम्प बनाएर बसेका छन् । पिपुल्स आर्मीका क्षेत्रीय कमाण्डर जेमी पेडेल्लाले राष्ट्रपति रोड्रिगोले आफुहरुबीचको सम्झौता भंग गर्न खोजेको आरोप लगाएका छन् ।

सन् १९६८ देखि फिलिपिन्स कम्युनिस्ट पार्टी र सरकारबीच युद्ध चल्न थालेको हो । कहिले युद्ध र कहिले वार्ताहुँदै सरकार र क्रान्तिकारी विद्रोही शक्तिबीच ४८ वर्ष बितेको छ ।

अहिलेसम्म फिलिपिन्समा विद्रोहीहरुले रोड्रिगोसहित ६ राष्ट्रपतिसँग वार्ता गरेका छन् तर सही परिणाम निस्कन सकेको छैन । अहिले त झन् वार्ताको प्रस्ताव टेबुलमा नवस्दै भंग हुने स्थितिमा रहेको विद्रोहीहरुको भनाई छ ।

फिलिपिन्स कम्युनिस्ट पार्टीको संस्थापक नेता जोसे मारियो हाल नेदरल्याण्डमा निर्वासनमा छन् । उनकै पहलमा शान्ति वार्ता अगाडि बढाइएको बताइन्छ ।

In this photo taken Nov. 23, 2016, a 24-year-old New People's Army guerrilla, who uses the nom de guerre Comrade Katryn, smiles as she talks to reporters at a rebel encampment tucked in the harsh wilderness of the Sierra Madre mountains southeast of Manila, Philippines. Communist guerrillas warn that a peace deal with President Rodrigo Duterte's government is unlikely if he won't end the Philippines' treaty alliance with the United States and resist control by other countries. (AP Photo/Aaron Favila)

क्रान्तिकारी विद्रोही सेना न्यु पिपुल्स आर्मीकी एक सदस्य ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार