नेपाल विद्युत् प्राधिकरणका केही सञ्चालकहरू र कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद बढेको छ ।

काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाएका र देशभर घटाउने अभियानमा रहेका घिसिङविरुद्ध सञ्चालकहरूले संगठित रूपमै अभियान चलाएका छन् ।

सञ्चालकहरू भने घिसिङले आफूखुशी निर्णय गरेको भन्दै उनको मनोबल गिराउन लागिपरेका छन् । घिसिङमाथि अवरोधको प्रयास गर्ने सञ्चालकमा लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछाने हुन् ।

  • कुलमान भन्छन्– अभियानमा सञ्चालकहरूबाटै अवरोध भयो ।
  • सञ्चालक भन्छन्– लोडसेडिङमा होइन, आफूखुशी निर्णयविरुद्ध ।

ennnkkk

गत तिहारदेखि काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त र उपत्यकाबाहिर पनि लोडसेडिङ घटाएर चर्चा कमाएका घिसिङ यसलाई निरन्तरता दिने अभियानमा जुटिरहेका छन् । उनले विद्युत् माग र आपूर्तिबीचको सन्तुलित व्यवस्थापन गरेर उपत्यकालाई लोडसेडिङमुक्त बनाएका  हुन् ।

तर लोड व्यवस्थापन गर्न सफल उनलाई व्यक्तिगत निर्णय गरेको भन्दै सञ्चालकले प्रश्न चिह्न उठाएपछि अभियानमै अवरोध उत्पन्न भएको छ ।

“म देशलाई कसरी लोडसेडिङमुक्त बनाउने भनेर दिनरात लागिरहेको छु तर सञ्चालकहरूबाटै यस अभियानमा अवरोध आउने अवस्था सिर्जना भएको छ,” घिसिङ भन्छन्, “सबैको सहयोग र साथ पाए पो यसमा सफल भइन्छ ।” दुई दिनअघि तीन सञ्चालकले पत्र पठाई सञ्चालक समितिको अधिकार नाघेर गरिएको काम कार्यान्वयन नगर्न निर्देशन दिएका छन् ।

आपूmहरूको स्वीकृतिबिना कार्यकारी निर्देशक घिसिङले अपारदर्शी र स्वेच्छाचारी ढंगले सहायक कम्पनीहरूमा कर्मचारीहरू तथा सञ्चालकहरू तोक्ने, सरुवा गर्ने, निजी प्रवद्र्धकहरूसँग विद्युत् खरिद सम्झौता गर्ने, विदेशी कम्पनीहरूसँग विद्युत् खरिदका लागि सम्झौता गर्नेजस्ता प्रचलित नियमको विपरीत कार्य गरेको उनीहरूको आरोप छ ।

काराेवारबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार