भारतीय गुप्तचर संस्था ‘रअ’का पूर्व प्रमुख आलोक जोशी १५ दिनदेखि काठमाडौंमा छन् ।

काठमाडौंमा रहँदा उनले माओवादी केन्द्र र कांग्रेसका नेताहरुलाई संविधान संशोधनमा प्रत्यक्ष रुपमा सल्लाह सुझाव दिनुका साथै निर्देशन समेत दिने गरेका छन् ।

उच्च राजनीतिक स्रोतका अनुसार संविधान संशोधनको प्रस्ताव संसदमा आउनुमा पनि भारतको निर्देशन र खासगरी आलोक जोशीकै हात रहेको छ ।

aalok-joahi22

नेपालको राजनीतिमा भारतको हस्तक्षेप निकै माथिबाट भइरहेको बेला भारतका बहालवाला अधिकारीहरु नेपालमा रहँदा ठूलो हस्तक्षेप हुने ठानेर भारतले उनलाई पूर्व प्रमुखको हैसियतमा नेपाल पठाएको बुझिएको छ ।

यो बीचमा आलोकले कांग्रेस र माओवादी केन्द्रका नेताहरुलाई दैनिकी त भेट गरिरहेका छन् नै विपक्षी दल एमालेका नेताहरुलाई पनि वार्ताका लागि पहल गरिरहेका छन् । तर, एमालेका नेताहरुले अस्वीकार गरेका कारण उनको भेट हुन नसकेको एमालेको उच्च स्रोतको भनाई छ ।

उनी नेपालमा रहँदाको समयमा राप्रपा र राप्रपा नेपालको एकता पनि भारतकै डिजाइनमा भएको र आलोक जोशीलगायत भारतीय नेताहरुको प्रत्यक्ष योजनामा भएको बताइएको छ ।

स्मरणरहोस्, यो बीचमा भारतले एमालेलाई फुटाउन निकै प्रयास गरेको थियो । तर असफल भयाे । त्यसमा उनै आलोक जोशी संलग्न भएको उच्च राजनीतिक स्रोतको भनाई छ ।

भारतविरोधी एमालेलाई विभाजन गर्न नसकेपछि भारत यतिबेला निकै बेचैनमा रहेको एमालेका एक स्थायी समिति सदस्यले बताए ।
एमाले फुटाउन असफल भएपनि राप्रपाको एकता गराउन र संविधान संशोधनमा सफल भएको भन्दै भारतले प्रसन्नता व्यक्त गरेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार