वि.सं १७७९ पौष २७ गते पश्चिम नेपालको सानो राज्य गोरखामा पृथ्वीनारायण शाहको जन्म भएको थियो ।

गोरखाका राजा नरभूपाल शाहका चार रानी थिए । जेठी चन्द्रप्रभावतीदेवी खाँचीकी राजकन्या, माहिली कौशल्यवतीदेवी पाल्पाका गन्धर्वसेनकी छोरी, साँहिली बुद्धिमतिदेवी पर्वते राजाकी छोरी र कान्छी सुभद्रावती तनहुँकी राजकुमारी थिइन् ।

नरभूपालका जेठी रानी चन्द्रप्रभावतीदेवी निसन्तान थिइन् । माहिली कौशल्यावतीबाट पृथ्वीनारायण शाह, दलमर्दन शाह र पृथ्वीपति गरी तीन भाई छोरा थिए । नरभूपालका साँहिली रानीबाट जन्मेका जेठा छोरा पृथ्वीनारायण शाह नै नेपाल एकीकरण गर्ने एकीकरणकर्ताको रुपमा देखिए ।

prithibi-nn

वि.सं १७९४ मा १५ वर्षको उमेरमा पृथ्वीनारायण शाहको पहिलो विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग भएको थियो । दोस्रो विवाह वनारसका वैस राजपूत अहिमानसिंहकी छोरी नरेन्द्रलक्ष्मीसँग भएको थियो ।

ससुराली मकवानपुरबाट फर्कने बेला पृथ्वीनारायण शाहले पहिलो पटक चन्द्रागिरी डाँडाबाट उपत्यकाको मनोरम दृश्य देखे । यसपछि उपत्यकामाथि जसरी पनि विजय गर्नु पर्ने इच्छा उनीमाथि जागेर आयो । वि.सं १७९८ मा पृथ्वीनारायण शाहले भक्तपुरको भ्रमण गरेर त्यहाँका राजा रणजीति मल्लका छोरा वीरनरसिंह मल्लसँग मितेरी लगाए ।

रणजित मल्लको आतिथ्यमा रहँदा यिनले उपत्यकाको राजनीति, सामाजिक र आर्थिक स्थितिको नजिकबाट अध्ययन गर्ने मौका पाए । गोरखा फर्कनुअघि यिनले कान्तिपुरका राजा जयप्रकाश मल्लसँग पनि मीत लगाएका थिए ।

नेपाल एकीकरणपूर्व भारतमा अंग्रेज साम्राज्यको विस्तार भइरहेको बेला नेपाल बाइसी र चौबीसी राज्यमा विभाजन हुनुका साथै उपत्यकामा पनि एउटै वंशको तीन छुट्टाछुट्टै राज्यहरु थिए । यसरी अनेक राज्यमा विभाजित नेपाल कतैपनि शान्ति थिएन । यी राज्यहरु एक आपसमा आफ्नो अधिनमा राख्न युद्ध चलाइराख्थे । यसले गर्दा पनि जनता आपसी संघर्षबाट वाक्कदिक्क भएका थिए । उनीहरुलाई बलियो र सार्वभौम राष्ट्र चाहिएको थियो ।

तिनै विभाजित नेपाल राज्यलाई एकीकरण गर्ने कामको नेतृत्व पृथ्वीनारायण शाहले वि.सं १८०० मा नुवाकोटमा पहिलो आक्रमण गरेर एकीकरण अभियानको आरम्भ गरेका थिए । तर त्यो आक्रमण असफल भयो । वि.सं १८०१ मा पुगेर गोरखालीहरुले नुवाकोटमाथि आक्रमण गरेर अधिकार कायम गर्छन् ।

त्यसपछि गोरखाली फौजले वि.सं १८१४ मा कीर्तिपुरमा पहिले आक्रमण गर्छन् तर असफल हुन्छ । दोस्रो आक्रमण कीर्तिपुरमाथि वि.सं १८२१ मा हुन्छ तर पुनः असफल हुन पुग्छ । अनि वि.सं १८२२ मा पुगेर मात्र गोरखाली फौजले कीर्तिपुर कब्जा गर्न सफल हुन्छन् ।

वि.सं १८२५ मा कान्तिपुरमा गोरखालीहरुले विजयप्राप्त गरेपछि नेपालको आधुनिक इतिहासको थालनी विन्दु मानिन्छ । कान्तिपुर कब्जा भएको ११ दिनपछि पाटनले बिना लडाइँ पनि गोरखाली फौजसामु आत्मसमर्पण गर्छ । कान्तिपर कब्जा भएको एक वर्षपछि वि.सं १८२६ मा भक्तपुर गोरखालीहरुको अधिनमा पर्छ । यसपछि उपत्यका विजय अभियान सकिन्छ । नेपालको एकीकरण तीन चरणबाट पूरा भएको देखिन्छ ।

पहिलो चरणमा पृथ्वीनारायण शाहले आफै नेपालको पूर्वी सिमाना इलामलाई अधिनमा पारेर टिष्टासम्म पु¥याए । दोस्रो चरणको एकीकरण बुहारी राजेन्द्रलक्ष्मीदेवी र वहादुर शाहले गरेका थिए । अनि तेस्रो चरणको थालनी रणवहादुर शाहको समयमा भीमसेन थापामार्फत भएको थियो ।

आफ्नो युगमा पृथ्वीनारायण शाहले १७ वर्षको उमेरमा काठमाडौं उपत्यका कब्जा गर्ने सपना देख्नु र त्यहीअनुरुप रणनीति बनाउनु । २१ वर्षको उमेरमा नुवाकोट कब्जा गर्नु र ३५ वर्षको उमेरमा उपत्यका कब्जाका लागि आक्रमण गर्नु अनि ४७ वर्षको उमेरमा पूरै उपत्यका कब्जा गर्नु कम चानचुने कुरा होइन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार