संविधान संशोधनको विषयले अहिले माओवादी केन्द्र विवादको चरम उत्कर्षमा छ ।

५ नम्बर प्रदेशलाई टुक्राएकोमा नेता टोपबहादुर रायमाझीले खुला रुपमा विरोध त गरेका छन् नै त्योसँग उनले पार्टी परित्याग गर्ने घोषणा समेत गरेका छन् ।

mc-vv

टोपबहादुरको असन्तुष्टी र पार्टी परित्यागको घोषणाले माओवादी केन्द ठूलो संकटमा त परिरहेको छ, त्योसँग अर्का शीर्ष नेता कृष्णबहादुर महरालगायत नेताहरुको असन्तुष्टी चरम रुपमा बढेपछि प्रचण्ड ठूलो संकटमा छन् ।

उपप्रधान तथा अर्थमन्त्री समेत रहेका महराको पनि संविधान संशोधनमार्फत ५ नम्बर प्रदेश टुक्राउने निर्णयले जनता भड्किने भन्दै असन्तुष्टी जनाएका हुन् ।

माओवादी केन्द्रमा प्रचण्डले एकलौटी संविधान संशोधनको पक्षमा निर्णय गरेको भन्दै केन्द्रका केन्द्रीय सदस्य आरसी न्यौपानले एक विज्ञेप्ती निकालेर चरम असन्तुष्टी व्यक्त गरेका छन् ।

न्यौपानेले संविधान संशोधनको विरोधमा जनस्तरबाट भएको कार्यक्रमलाई ऐक्यबद्धता जनाएका छन् ।

उनले संशोधनमार्फत् विवादित मुद्धा सच्चाउँदै शक्ति सन्तुलन र राष्ट्रिय सहमतिका साथ संविधान कार्यान्वयन गर्दै मुलुकलाई दिशानिर्देश गर्र्नु पर्ने बताएका छन् ।

हिमाल, पहाड र तराईलाई सामथ्र्य र पहिचानको सन्तुलनबाट मिलाएर लैजान सकेमात्र मुलुक एक ढिक्का हुन सक्ने माओवादी केन्द्रका केन्द्रीय सदस्य न्यौपानेले आफ्ना अध्यक्ष प्रचण्डलाई सुझाव दिएका छन् ।

संविधान संशोधनका विरुद्धमा जनताले गरेको स्वतस्फुर्त आन्दोलनमा आफ्नो ऐक्यबद्धता रहेको पनि न्यौपानेले वक्तव्यमा उल्लेख गरेका छन् ।

‘लुम्बिनीमा तराई र पहाडलाई एउटै मुलप्रवाह तथा एउटै प्रदेशमा राख्ने जुन सचेत अभिया चलिरहेको छ, त्यसमा हाम्रो ऐक्यबद्धता छ ।’ उनले वक्तव्यमा भनेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार