बुटवलमा आन्दोलनको नाममा एक जत्थाले नेकपा (माअोवादी) को कार्यालय रातोघरमा अाक्रमण  गरेको छ । अाक्रमणबाट क्षति पुगेकाे विप्लव माअाेवादी रूपन्देहीले बताएकाे छ ।

आन्दोलनकारीहरुले  हस्पिटल लाईनको साहिदपार्क तोडफोड हुनुकासाथै सहिद स्तम्भ र हसिया हथौडा समेत हटाईएको छ । यी सबै हर्कत एमालेकाे निर्देशनमा भएकाे बुझिएकाे छ ।

आन्दोलनको नाममा अराजक जत्थालाई अगाडि सारेर एमाले र कांग्रेसका कार्यकर्ताहरूले यस्ताे अराजक हर्कत गरेकाे विप्लव माअाेवादीले बताएकाे छ ।

स्मरणरहोस् नेकपा (माओवादी)ले यो कथित संविधान जारी गर्दैदेखि यसले निकास दिदैन बरू मुडभेड निम्त्याउँछ भन्दै अाएकाे थियाे । तर, क्रान्तिकारी माअाेवादीकाे कार्यालयमा अाक्रमण गरेर एमालेका कार्यकर्ताहरूले अाफ्नाे संकट अाफै निम्ताएका छन् ।

यसैबीच अराजक आन्दोलनकारीहरुले आफ्नो कार्यालयमा गरेको आक्रमणको विप्लव माओवादी रुपेन्दीले घोर भत्र्सना गरेको छ ।
सेक्रेटरी शरदले विहीबार साँझ एक विज्ञेप्ती निकालेर घोर भत्र्सना गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार