नेकपा मालेका महासचिव एवं सांसद मैनालीले प्रधानमन्त्रीलाई ‘बहुलाहा कुकुर’ले टोकेको भन्ने धारणा राखेपछि संसदमा हंगामा मच्चिएकाे छ ।आज शुक्रबार संसद बैठकमा मैनालीले प्रचण्डलाई  यस्तो आरोप लगाएका हुन् ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सांसद मैनालीले धारणा संसद्को रेकर्डबाट हटाउन माग गर्दै नियमापत्ति जनाए ।

सांसद खतिवडाले सांसद मैनालीको भनाइ हटाउन लगातार आग्रह गरेपछि सभामुख ओनसरी घर्तीले संसदीय मर्यादा विपरीतको धारणा हटाउन निर्देशन दिए ।

cppppp

सांसद मैनालीले संसदीय मर्यादा विपरीत धारणा राखेको भन्दै सांसद खतिवडाले नियमापत्ति जनाउनुभएपछि काँग्रेस र नेकपा (माओवादी केन्द्र)का सांसदहरुले समर्थन गरेका थिए ।

संसद्को बैठक सुरु हुनेबित्तिकै नेकपा (माले)का सांसद सिपी मैनालीले सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्ताव गलत भएको धारणा राखे ।

तराई मधेस केन्द्रित दलका नेताहरुले बहुराष्ट्रको कुरा गरिरहेको सन्दर्भमा सरकारले प्रस्तुत गरेको संशोधन प्रस्तावमा ५ नं प्रदेशबाट पहाडी जिल्ला हटाउने विषय आउनु सन्देहको विषय रहेको आरोप लगाए ।

सदनको आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त लोकमानसिंह कार्की्विरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथिको छलफल जारी रहने कार्यसूची रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार