संविधान संसोधन प्रस्तावका विषयमा असन्तुष्टि राखेका मधेसी मोर्चाका नेताहरु र नेपालका लागि भारतीय राजदुत रञ्जित रायवीचको छलफल सम्पन्न भएको छ ।

शनिबार विहानै लैनचौरस्थित् भारतीय दुतावासमा भएको छलफलमा राजदुत रायले मोर्चाका नेताहरुलाई घुमाउरो पारामा संशोधन प्रस्तावलाई समर्थन गर्न आग्रह गरेको स्रोतले जनायो ।
राजदुत रायले समस्या समाधान गरेर संविधान कार्यान्वयनको दिशामा अघि बढ्न आग्रह समेत गरेका थिए ।
उता मोर्चाका नेताहरुले भने प्रस्तावले समस्याका समाधान गर्ने भए आफूहरु प्रस्तावलार्ए समर्थन गर्न तयार रहेको जवाफ दिएका छन् ।
संविधान संशोधन प्रस्तावमा देखिएको मोर्चाको विमतिलाई सहमतिमा ढाल्न राजदूतले प्रयास गरेका हुन । प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भारत संविधान संसोधन प्रस्तावको पक्षमा देखिएको छ ।
मोर्चाका तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव, अनिल झाल र राजकिशोर यादव उपस्थिति थिए ।







