सल्यानमा नेत्र विक्रम चन्द विप्लव नेतृत्व माओवादीका जिल्ला सदस्य गणेशमान गणेशमान सिंहलाई गएराति प्रहरीले सुतिरहेको अवस्थामा गिरफ्तार गरेको छ ।

किन र के कारणले गिरफ्तार गरेको भन्नेबारे प्रहरीले बताएको छैन ।

ganehman

बिनाकारण राति सुतिरहेको अवस्थामा जल्लादी शैलीमा प्रहरीले गिरफ्तार गरेको भन्दै विप्लव माओवादी सल्यानले घोर भत्र्सना गरेको छ ।

लोकतन्त्र र गणतन्त्रको शासनमा यसरी जल्लादी शैलीमा निशस्त्र मान्छेलाई गिरफ्तार गर्नु मानवअधिकारको पूर्ण हनन भएकोमा मानवअधिकारर्मीहरुको चरम आक्रोश छ ।

जनअधिकार सरोकार मंचका केन्द्रीय कोषाध्यक्ष दामोदर घिमिरेले प्रहरी प्रशासनको यस्तो हर्कतको विरोध गरेका छन् ।

यसैबीच प्रहरी हिरासतमा रहेका विप्लव माओवादीका जिल्ला सदस्य गणेशमान सिंहले सामाजिक संजाल फेसबुकबाट कांग्रेसका केही हरुवा-चरुवाहरुको सुराकीबाट आफुलाई गिरफ्तार गर्न लगाएको भन्दै उनीहरुलाई कडा चुनौती दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार