‘राष्ट्रका लागि युवा अभियान’अन्तर्गत विप्लव माओवादीका युवाहरु दैनिकी उपत्यकाका गाउँवस्तीमा जनताको घरदैलोमा छन् ।
विहानदेखि बेलुकीसम्म यी युवाहरु काठमाडौंका जनतासँग घर–आँगनमा हुन्छन् ।

स्कुल, कलेज र हस्पिटलदेखि विभिन्न सार्वजनिक चोकहरु सरसफाइदेखि बाटो–घाटो निर्माणसम्मका कामहरुमा विप्लव माओवादीका युवाहरु खटिरहेका हुन्छन् ।
यी कामसँगै माओवादी युवाहरु भित्ते लेखनदेखि जनता जागरुक गर्ने काममा पनि लाग्छन् ।
राष्ट्रियता, जनतन्त्र र जनजीविकाको प्रश्नलाई लिएर विप्लव माओवादीका युवाहरु जनताको बीचमा पुग्ने र प्रशिक्षण दिने काम पनि गरिरहेका छन् ।
भर्खरका तन्नेरी युवाहरुले देश बनाउन लागेको कुरा सुनाउँदा उपत्यकाबासीहरुले आफुहरुको सहयोग क्रान्तिकारीहरुलाई जहिले पनि सहयोग गरिरहेको बताउने गरेको अभियानकर्मी एवं राष्ट्रिय युवा जनस्वंसेवक काठमाडौंका उपाध्यक्ष रवि गोलेले बताए ।
आफुहरु जनताको बीचमा रहँदा निकै खुशी भएको माओवादी अभियानकर्मी युवा नेता गोलेको भनाई छ ।

अभियानकर्मी विप्लव माओवादीका युवाहरु

स्थानीयसँग घुलमेल गर्दै

अभियानको प्रचार प्रसारमा अभियानकर्मीहरु

उपत्यकाका स्थानीयहरुसँग छलफलका क्रममा विप्लव माओवादीका युवाहरु

स्कुल सरसफाई गर्दै अभियानकर्मी युवाहरु







