प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अब आफू प्रधानमन्त्री हुने दाबी गरेका छन् ।
हिमालय टेलिभिजनको कार्यक्रम ‘धमलाको हमलामा’ पत्रकार ऋषि धमलासँगको कुराकानीमा उपाध्यक्ष गौतमले यस्ताे बताएका हुन् ।

‘अब म प्रधानमन्त्री बन्छु । पार्टीमा सहमति बनिसकेको छ ।’ उनको दाबी छ- ‘पार्टी अध्यक्ष केपी ओली, बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले पनि समर्थन गर्छु भन्नुभएको छ ।’
उनले प्रदेशको सिमांकन परिमार्जन गर्ने हो भने अब चुनावमा गएर दुई तिहाई लिएरमात्रै सम्भव रहेको उल्लेख गर्दै त्यसको लागि एमाले चुनावमा जान तयार रहेको स्पष्ट पारे ।
उपाध्यक्ष गौतमले भनार्इ छ- ‘अब ७ वटै प्रदेशको सिमांकन उत्तर–दक्षिण बनाउनुपर्छ, यसले मात्रै मुलुकको हित हुन्छ ।’ उनले विगतमा एमालेको नेतृत्वले ५ नम्बर प्रदेशका पहाडी जिल्लाहरुलाई टुक्र्याउेगरि सिमांकन हेरफेर गर्नेगरि प्रस्तावमा हस्ताक्षर गरेर गम्भिर गल्ती गरेको आरोप लगाए ।
‘ओलीले हस्ताक्षर गरेर महापाप गर्नुभयो, सम्वाद समितिमा बुझाएको प्रस्ताव नै गलत थियो ।’ उनले भने- ‘देशलाई विखण्डन गर्न मधेशका केही नेताहरु लागेका छन् ।’
‘त्यसलाई प्रचण्डले अहिले सिमांकन हेरफेर गर्ने प्रस्ताव ल्याएर मलजल गरेका छन् ।’ गौतमले महन्थ ठाकुरले सार्वजनिक रुपमै मधेशलाई अलग बनाउने घोषणा गरेकोतर्फ ईगित गर्दै भने,‘देशलाई विखण्डन गर्ने षडयन्त्र असफल पारेरै छाड्छौं ।’







