कुनै एक मिथकमा प्रमिथस यस्ता पात्र हुन् जसले पृथ्वीमा बस्ने मान्छेका लागि स्वर्गबाट आगो चोरेर उज्यालो र न्यानो दिए  र त्यसो गरेबाफत कयौं वर्ष यातना पाए ।

कुनैबेला पृथ्वीमा मानवजातिहरु आगोबिना कठंयाग्रिएर बस्न बाध्य थिए । स्वर्गमा बस्ने भगवानले पनि पृथ्वीमा बस्ने मान्छेहरुलाई यस्तोखालको यातना दिएका थिए । पृथ्वीलोकका मान्छेहरुलाई दिएको यातना प्रमिथस नामका एक भगवानकै नजिकमा रहेर काम गर्ने दयालु पात्र भएर देखापरे । तल पृथ्वीमा बस्ने मान्छेहरु आगोबिना रोइकराई गरिरहेको कुरा उनले थाहाँ पाए ।

rajib11

रोल्पा खुंग्री गोगनपानीका राजिव र उनको परिवार

एकदिन उनले यस्तो कठिन निर्णय गरे कि बरु आफु खतरा मोलेर भएपनि पृथ्वीमा बस्ने मान्छेहरुलाई कुनैपनि हालतमा आगोको व्यवस्था गर्नैपर्छ । सोही बमोजिम उनले एकदिन स्वर्गबाट आगो चोरेर पृथ्वीमा बस्ने मान्छेहरुलाई उपलव्ध गराए र पृथ्वीका मान्छेहरु सयौं वर्षदेखिको चिसोबाट सदाका लागि मुक्ति पाए ।

तर, बिडम्वना के भइदियो भने प्रमिथसले स्वर्गबाट आगो चोरेर पृथ्वीमा ल्याएको भन्दै उनलाई स्वर्गका भगवानले कडा यातना दिए । त्यो कस्तो यातना थियो भने प्रमिथसलाई पहाडको चुचुरोमा हात खुट्टा बाँधिदिएर नांगै राखियो । जहाँ उनको शरिरमा एउटा बलियो गिद्धलाई लुछ्न लगाइयो ।

प्रत्येक दिन प्रमिथसको शरिरमा बडेमाको गिद्धले लुछेर खाने गर्दथ्यो तर रातभरिमा उनको शरिर विहान जस्ताको तस्तै हुन पुग्थ्यो । यो क्रम करिब दशकौं वर्ष भयो । यसरी प्रमिथसले भोगेको यातनाबाट स्वर्गकै अर्का देउताले एकदिन प्रमिथसको मुक्ति दिलाउने काम गरे । अर्थात् उनले प्रमिथसको शरिर लुछ्ने गिद्धलाई मारिदिए । त्यसपछि मात्र प्रमिथसले त्यो यातना पाउनबाट छुटकारा पाए ।

जनयुद्धमा यस्तो प्रतिकात्मक पात्र मिल्ने कयौं व्यक्तिहरु छन् आजको दिनमा । रोल्पा खुंग्री गोगनपानेका भिम गिरी अर्थात् राजिव र उनको जीवनसाथीको हकमा त्यो प्रमिथसको कथा ठ्याक्कै मेल खान्छ ।

माओवादी जनयुद्धभन्दा अगाडिदेखि भिम गिरि राजिवले गरेको योगदान र पसिनाको कुरा गर्ने हो भने उनको कथा त्यो महाभारत जत्रै हुन्छ । ०४८ देखि एकताकेन्द्रको राजनीतिमा लागेका उनले जनयुद्धमा पनि ०५३ देखि पूर्णकालीन भएर लागे ।

जनयुद्धमा उनले यति इमान्दारिपूर्ण तरिकाले योगदान गरेकि त्यसको प्रत्यक्षदर्शी यो पंक्तिकार छ । जनयुद्धमा राजिव कमरेडका नामले चिनिने यी कमरेडले पद र प्रतिष्ठाको कहिल्यै मोह गरेरन् ।

आफु काममा निरन्तर खट्ने । पार्टी र जनताको सेव ागर्ने काममा उनले लामो समय योगदान मात्र गरे । आफुभन्दा जुनियरहरुलाई पनि पार्टीको माथिल्लो जिम्मेबारीमा लिने काम गरे । पदको कहिल्यौ भोको रहेनन् ।

rajib-333

उनको सपरिवार

यिनै राजिव कमरेड हुन् जसले माओवादी आन्दोलनमा पूर्णकालिन हुँदा आफ्नो परिवारसँग विद्रोह गरे । त्यसो गरेवाफत उनको आफ्नो बुबासँग सधै शत्रुतापूर्ण सम्वन्ध रहिरह्यो । बुबा चाहन्थे, छोरा पढेर जागिर खाओस् र आफ्नो लागि सेवा गरोस् । तर, उनले बुबाको कुरा छाडेर जनयुद्धमा देश र जनताका लागि लड्ने बाटो समाए ।

त्यही बाटो समाए बापत बुबाको निधन हुने बेलासम्म पनि उनको राम्रो सम्वन्ध कायम हुन सकेन । एक वर्षअघि भयो बुबाको निधन भएको । तर मर्नेबेलासम्म पनि बुबाले आफ्नो भनाई नमानेका कारण आफुलाई नकारात्मक दृष्टिले हेर्ने गरेको बताउछन् राजव कमरेड ।

दश वर्ष लामो जनयुद्ध भयो । जनयुद्धपछि पार्टी शान्तिमोर्चामा आयो । उनले शान्तिमोर्चामा रहँदा पनि पार्टीका कयौं कामहरु सम्पादन गरे । शान्तिमोर्चामा आएपछि एकथरी माओवादीका नेता कार्यकर्ताहरुले आफ्नो नीजि स्वार्थका लागि धेरै गरे । कमरेड राजिवले कहिल्यै त्यस्तो गरेनन् ।

जनयुद्धकालमै जनवादी विवाह गरेका राजिवसँग हाल श्रीमतिसहित एक छोरा र एक छोरी छन् । क्रान्तिकारी विचारलाई समाएर अहिलेसम्म पनि उनी क्रान्तिकारी विचार र पार्टीसँग नजिक रहेको बताउने गर्छन् ।

गाउँमा एउटा ३ कक्षासम्म चल्ने स्कुलमा उनले अहिले पढाउन सुरु गरेका छन् । बाँच्न निकै गाह्रो भएपछि आफुले यस्तो बाटो अंगाल्नु परेको राजिव बताउछन् । यसपाली रोल्पा अभियानका क्रममा उनीसँग लामो कुराकानी भयो ।

शान्तिकालपछिका केही वर्षहरुमा घर व्यवहार चलाउन उनी भारतका विभिन्न शहरमा गएर मजदुरी गरेको दर्दनाक कथा सुनाउछन् । कहिले भारतको कालापार त कहिले चण्डीगढसम्म पुगेको बताउने उनी हाल आफ्नै गाउँको सानो स्कुलमा सानो जागिरको काम गर्न बाध्य छन् ।
क्रान्तिकारी विचार र आस्था कहिल्यै नछोड्ने बताउछन् उनी ।

नेपालमा अब नयाँ क्रान्ति हुँन थालेको । त्यो नयाँ क्रान्तिको नेतृत्व नेत्र विक्रम चन्द विप्लवले गर्न थालेको कुरा हामीले राख्यौं यसपटक रोल्पाको भेटघाटमा । यसबाट उनी निकै प्रभावित भए पनि ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार