भारतमा सशस्त्र संघर्ष गरिरहेका क्रान्तिकारीहरु सन् २००४ मा एकीकृत भए । पार्टीको नाम रह्यो भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ।

एकतामा भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादी लेनिनवादी पिपुल्स वार गु्रप र माओइस्ट कम्युनिस्ट सेन्टरबीच भएको एकतापछि भारतीय माओवादी रहन पुगेको हो ।

pdggg

त्यही पार्टी स्थापना भएपछि सशस्त्र संघर्ष गरिरहेका क्रान्तिकारी सेनाको पनि मर्ज हुन पुग्यो । यद्देपी सन् २००० देखि भारतीय क्रान्तिकारीहरुले जनसेना दिवस भने मनाउने गर्दथे । त्यही दिवसलाई पार्टी र सेना मर्ज भएपछि पनि सँगै मनाउने गरिरहेका छन् ।

अहिले जनसेनाको नाम पिपुल्स लिवरेसन गुरिल्ला आर्मी (पिएलजिए) रहेको छ । यसैको आडमा भारतीय माओवादीले देशको ठूलो ग्रामीण भुभाग नियन्त्रणमा लिएको छ ।

सन् २००० को डिसेम्बर २ देखि ९ मा मनाउन सुरु गरेको जनसेना दिवस अहिले पनि एकीकृत भारतीय माओवादीहरुले मनाइरहेका छन् । अहिले भारतीय माओवादीहरु त्यही जनसेना सप्ताह मनाइरहेका छन् ।

यो वर्ष भारतीय माओवादीहरुले विभिन्न कार्यक्रमसति १७ औं जनसेना दिवस मनाइरहेका छन् ।

यो अवसरमा भारतका तेलङ्गना,आन्ध्र–उडिसा, छत्तीसगढ क्षेत्रमा स्थानीयहरु ‘अपरेस ग्रिन हन्ट’ बन्द गर, जनताका दुस्मन खबरदार, ‘पिपुल्स लिबरेसन गुरिल्ला आर्मी जिन्दाबादका नारा लगाउदै कार्यक्रमहरु गरिरहेका छन् ।

उनीहरुले माओवादी नियन्त्रित क्षेत्रहरुमा पोस्टरहरू व्यापक रूपमा टाँस्नुका साथै व्यापक अन्तक्र्रिया तथा सांस्कृतिक कायक्रम समेत गर्ने गरेका छन् ।

भारतीय माओवादीको नेतृत्वमा भारतमा चलेको सशस्त्र संघर्ष विश्वकै सबैभन्दा ठूलो संघर्ष मानिन्छ । अहिले भारतीय माओवादीको नियन्त्रणमा ठूलो भुभाग नियन्त्रणमा छ ।

विकिपिडियाका अनुसार अहिले भारतीय माओवादीसँग ८० हजार सशस्त्र सैन्य फौज छ भने झण्डै १ लाख सशस्त्र तालिम लिएका कार्यकर्तासहितको समुह रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार