माओवादी केन्द्रले केन्द्रीय महाधिवेशन आयोजक समितिको संख्या झण्डै चार हजार संख्या रहने गरी बनाएको छ । अर्थात् उसले ३ हजार ९ सय ९९ जना केन्द्रीय समिति बनाएको छ ।

मंगलबार बसेको बसेको पोलिटब्युरो बैठकले यस्तो जम्बो केन्द्रिय समिति बनाउने निर्णय गरेको हो ।

maoist-centre333

यो निर्णयसँगै माओवादी केन्द्रले केन्द्रीय समिति विश्वको कुनै पनि पार्टीभन्दा ठूलो त बनाएकै छ, सँगै विश्व रेकर्डमा थप इतिहास कायम गरेको छ ।

आजको बैठकले जम्बो केन्द्रीय समितिसँगै पोलिटब्युरो, कार्यालय टिम र पार्टी सचिवालय पनि जम्बो बनाएको छ । अब माओवादी केन्द्रको पोलिटब्युरो सदस्यको संख्या ३९९ पुगेको छ भने ३३ सदस्यीय कार्यालय टीम बनाएको छ ।

त्यसैगरी बैठकले सचिवालयमा ९९ नेताहरुको संख्या राखेको छ ।

बैठकले प्रदेशहरुमा पोलिटव्युरो र केन्द्रीय समितिहरुको संख्या पनि तोकेको छ । एक नम्बर प्रदेशमा ४३ जना पोलिटब्युरो सदस्य तथा केन्द्रीय सदस्यको संख्या ४५७ पुगेको छ ।

दुई नम्बर प्रदेशबाट ५७ जना पोलिटब्युरो सदस्य तथा ५५० केन्द्रीय सदस्य बनेका छन् । तीन नम्बर प्रदेशबाट ९४ जना पोलिटब्युरो सदस्य तथा १ हजार जना केन्द्रीय सदस्य रहेका छन् ।

त्यसैगरी चार नम्बर प्रदेशबाट ४० जना पोलिटब्युरो र केन्द्रीय सदस्यको संख्या ४५० पुगेको छ । पाँच नम्बर प्रदेशमा ६९ जना पोलिटब्युरो सदस्य र ५५ जना केन्द्रीय सदस्य, ६ नम्बर प्रदेशमा ४० जना पोलिटब्युरो र ५७५ जना केन्द्रिय सदस्य र सात नम्बर प्रदेशमा २६ जना पोलिटब्युरो सदस्य र ३५० जना केन्द्रीय सदस्य रहेका छन् ।

अन्तर्र्रा्ष्ट्रिय ब्युरोमा कार्यरत नेताहरुमध्ये ५ जना पोलिटब्युरो सदस्य भएका छन भने केन्द्रीय सदस्यको संख्या ४९ पुगेको छ । त्यस्तै केन्द्रीय कार्यालय टीममा १८ जना पोलिटब्युरो तथा १०० जना केन्द्रीय सदस्य रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार