एमाले वकिलबीच पार्टी कमिटीको नेतृत्वलाई लिएर पनि विवाद चर्किएको छ ।
राजधानी जिल्ला कमिटी मातहत कानुन इलाका कमिटीको अधिवेशनमा नेतृत्वको विवाद हुँदा विहिबारसम्मलाई निर्वाचन प्रक्रिया स्थगित छ ।
अध्यक्ष बन्न एउटै खेमबाट हालका सचिव सूर्य गुरुङ र अशोक बराल कस्सिएका छन् ।
उम्मेदवारी चयनका निम्ती पेसागत जिल्ला कमिटीमा छलफल चल्दा सर्वसम्मति नजुटेपछि पाटन पुनरावेदन बारको चुनावमा झै आफ्नै पार्टीको चुनावमा समेत प्रतिश्पर्धा चल्न लागेको हो ।
करिब चारसय मतदाता छन् ।
माधब नेपाल खेमाबाट उपाध्यक्षमा निशा बानिया, सचिबमा चुडामणी पौडेल उठ्दैछन् भने अर्काे पक्षले मुना लामिछाने अधिकारी र रविन्द्र ढुंगानालाई उठाएको छ ।
जनआस्थाबाट







