प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चीनको घेराबाट निकै टाढा पुगेपछि संभावित प्रचण्डको चीन भ्रमण रोकिएको छ ।

प्रचण्ड प्रधानमन्त्री भएको ठ्याक्कै चार महिना भइसक्यो तर चीनले उनको भम्रणबारे कुनै भ्रमण तालिका नबनाएपछि प्रचण्ड चीनबाट आउट भएका छन् ।

China’s President Xi Jinping speaks during the opening ceremony of the G20 Summit in Hangzhou in eastern China's Zhejiang province, Sunday, Sept. 4, 2016. REUTERS/Mark Schiefelbein/Pool

यो चार महिनाको बीचमा प्रचण्ड दुई पटक दक्षिण छिमेकी भारतको भ्रमणमा गइसकेका छन् । प्रधानमन्त्री भएलगत्तै प्रचण्डलाई भारत जान निकै हतारो पनि थियो ।

विशेष स्रोतका अनुसार भारतपछि चीन भ्रमणमा जाने प्रचण्डको ठूलो चाहना र इच्छा थियो । तर चीनले चार महिना बितिसक्दा पनि प्रचण्डलाई भ्रमणको निम्तो नदिँदा प्रचण्ड चीनबाट आउट भएका छन् ।

यसको एकमात्र कारण प्रचण्ड भारतको डिजाइनमा प्रधानमन्त्री भएको र चीनसँग भएका सन्धि सम्झौता कार्यान्वयनमा कुनै चासो नदिएको भन्दै चीन प्रचण्डसँग रुष्ट भएको छ ।

अहिलेको प्रचण्ड सरकार पूरै भारततिर लम्पसार परेको भन्दै चीनले सरकारका कुनै पनि मन्त्रीहरुलाई भ्रमणको निम्ता दिएको छैन । यो बीचमा परराष्ट्रमन्त्री प्रकाशशरण महतले चीन भ्रमणका लागि प्रयास गरिरहेको भएपनि चीनले भ्रमणको निम्ता नदिएको परराष्ट्र स्रोत बताउँछ ।

स्मरणरहोस् अहिले पनि प्रधानमन्त्री र परराष्ट्र मन्त्रालय दुवैले चीन भ्रमणका लागि लविङ गर्दै आएपनि सफल हुन सकेका छैनन् ।

चीनको यो बुझाई छ कि प्रचण्ड सरकार भारतसँग लम्पसार परेपछि चिनियाँ राष्ट्रपति नेपाल आउने संभावित भ्रमण पनि रद्ध भइसकेको छ । गत असोजमा सि आउने पक्काजस्तै भएको थियो ।

सिको नेपाल भ्रमण सफल भएको भए चीनले नेपालमा दशौं खर्ब बराबरको परियोजना सहयोग गर्ने निश्चितजस्तै भएको थियो । यो बेला नेपाल भारतसँग लम्पसार पर्नथालेपछि चीनले पछिल्लो समयमा नयाँ सहयोगका लागि कुनै चासो दिएको छैन ।

अझ यो सरकारभन्दा पहिलेको ओली सरकारले गरेको सम्झौता कार्यान्वयनमा चासो नदिएको भन्दै चीन प्रचण्ड सरकारसँग रुष्ट भएको छ । जसका कारण प्रचण्डलाई चीनले भ्रमणको निम्तो नदिएको उच्च स्रोतको भनाई छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार