नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादीका युवाहरुले आज विहान काठमाडौंको नयाँ वसपार्कमा सरसफाई अभियान सम्पन्न गरेका छन् ।
स्थानीयहरुको ठूलो सहभागितामा सयौं माओवादी नेता कार्यकर्ताले नयाँ वसपार्क सरसफाई गरेका हुन् ।

अाज शुक्रबार विहान ७ बजेदेखि ९ बजे चलेको सरसफाइमा विप्लव माओवादीका युवाहरुले वसपार्कमा रहेका फोहरहरुलाई सफा गर्ने काम गरेका छन् ।
सरसफाई कार्यक्रमपछि विप्लव माओवादीका स्थायी समिति सदस्य धमेन्द्र बास्तोलाले संक्षिप्त मन्तव्य राखेका थिए ।
बास्तोलाले आफुहरुले सिंगो देशको राजनीतिमा रहेको फोहरलाई सफा गर्ने अभियानसहित वसपार्कमा सरसफाई गरेको बताए । यस्तो अभियान हाम्रो जारी रहने बताए ।
सरसफाईमा माओवादी युवा र स्थानीयहरुसहित नेपाल प्रहरीको समेत सहभागिता थियो ।

सरसफाईमा माओवादी युवाहरु

सरसफाईमा माओवादी युवाहरुसहित स्थानीयहरु पनि

सरसफाईमा माओवादी युवासहित नेपाल प्रहरीका जवानहरु पनि

स्थानीयहरुको पनि सहभागिता

सरफाईका क्रममा माओवादी युवाहरु

राष्टिय युवा जनस्वंसेवकका दस्ताहरु

‘राष्ट्रका लागि युवा’ अभियानमा माओवादी युवाहरु

सरफाईपछि पार्टीको धारणा राख्दै नेता धमेन्द्र बास्तोला







