फिलिपिन्स नेशनल डमोक्रेटिक फ्रन्ट (एनडीएफपी)ले त्यहाँको सरकारलाई आफ्ना सम्पूर्ण राजबन्दीहरु रिहा नगरे जारी युद्धविराम भंग गर्ने चेतावनी दिएको छ ।

एनडीएफपीका संस्थापक नेता जोसे मारिया सिसोनले कोडाको डर ओआरजीलाई दिएको एक अन्तर्वार्तामा सरकारलाई तुरुन्त रिहा गर्न अल्टिमेटम समेत दिएका छन् ।

jse-ss

यी हुन् जोसे मारिया सिसोन

फिलिपिन्स सरकारले ४८ घण्टाभित्र आफ्ना सम्पूर्ण बन्दी नेता–कार्यकर्ता रिहा गर्ने भनेपनि अझैसम्म रिहा नगर्नु चिन्ताको विषय भएको भन्दै सिसनले यस्तो अल्मिेटम दिएका हुन् ।

सिसनले जनवरीभित्र सरकारले अल्टिमेटमअनुसार काम नगरे युद्धविराम भंग हुने चेतावनी दिएका छन् ।

गत सन् २०१६ को मेमा फिलिपिन्सको सरकार र क्रान्तिकारी विद्रोही पार्टीबीच वार्ताको प्रक्रिया अगाडि बढेको हो ।

त्यही वार्ताको समयमा फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुट्रेटले ४८ घण्टाभित्र जेलमा रहेका क्रान्तिकारी विद्रोहीका नेता र कार्यकर्तालाई छोड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

तर ६ महिना बितिसक्दा पनि फिलिपिन्सको सरकारले केही दर्जन नेता कार्यकर्ता मात्र रिहा गरेको तर धेरै नेता कार्यकर्ता रिहा नगरेको भन्द्रै त्यहाँका माओवादी विद्रोहीले अल्टिमेटम दिएका हुन् ।

स्मरणरहोस् फिलिपिन्समा सन् १९६८ देखि प्रतिक्रियावादी सरकार र क्रान्तिकारी माओवादी विद्रोही पक्षबीच युद्ध र वार्ता चलिरहेको छ ।

यो ४८ वर्षको लामो युद्धका क्रममा क्रान्तिकारी माओवादी विद्रोही र सरकारबीचको वार्ता र युद्धले कुनै निकास निकाल्न सकेको छैन ।

फिलिपिन्सका माओवादी विद्रोहीहरु अहिले देशको दक्षिण पहाडी भुभागमा अस्थायी शिविर बनाएर बसेका छन् । जहाँ हजारौं जनमुक्ति सेनाहरु रहेका छन् ।

ndgp11

फिलिपिन्स माओवादीका जनसेनाहरु

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार