माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य टोपबहादुर रायमाझीले प्रचण्ड र बाबुरामको भारत सम्वन्धबारे गंभीर कुराको रहस्य उजागर गरेका छन् ।

नेपालको संविधान जारी हुनु, बाबुरामले पार्टी परित्याग गर्नु र प्रचण्डले भारतको विरोध गरेजस्तो गरेर अहिले भारतको आर्शिवादमा प्रधानमन्त्री कसरी संभव भयो भन्ने सवालमा रायमाझीले गंभीर खालको रहस्य ओकलेका छन् ।

topppp

शुक्रबार काठमाडौंको एक कार्यक्रममा उनले १२ बुँदे समझदारी भारतले गरिदिएको भनेर बाबुरामले प्रचण्डसँगको बैठकमा राख्दा प्रचण्ड मौन भएर बस्नु अनौठो भएको रायमाझीले बताए ।

संविधान जारी भएलगत्तै बाबुरामले प्रचण्डसँगको बैठकमा यो संविधान कुनै पनि हालतमा लागू नहुने र त्यसका लागि भारतको योजनामा मधेशमा आन्दोलन हुने गंभीर कुरा बताइरहँदा प्रचण्ड चुप लागेर मात्र बसेको रायमाझीले विगतको गंभीर रहस्य खोतले ।

त्यो बेला (संविधान जारी भएपछि) बाबुरामले अब संविधान कार्यान्वयन नहुने, बरु मधेश आन्दोलनलाई समर्थन गरेर जाने र त्यसबाट आफुहरुलाई फाइदा हुने समेत बताएको कुरा रायमाझीले थप कुरा खोतलेका छन् ।

‘बाबुरामले अझ गंभीर कुरा खोलेर भन्नु भयो, हिजो १२ बुँदे सम्झौतादेखि भारतको सहयोग बिर्सने ? भारतलाई धोका दिन मिल्छ ? तर प्रचण्डले कुनै जबाफ दिनुभएन ।’

रायमाझीले प्रचण्डको विगतको मौनता अहिले बल्ल आएर थाहाँ पाएको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार