आदिवासी जनजाति नेता आङ्कजी शेर्पाले राष्ट्रिय जनावर गाईको दुरुपयोग गरेर सत्तामा गुग्ने भर्याङ बनाउने कमल थापालाई २० बर्ष जेल चलान गर्न सरकारलाई चुनौती दिएका छन् ।
आदिवासी जनजाति सरोकार मञ्चले शनिबार राजधानीको संवाद डबलीमा ‘नयाँ संविधान र धर्मनिरपेक्षता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सो चुनौती दिएका हुन् ।

गोरु काटेको अभियोगमा गत भदौमा बलम्बुस्थित भोला गणेश ईट्टा भट्टाका मजदूरलाई ‘गौ हत्या’को आरोमा प्रशासनले १२ वर्षका लागि जेल चलान गर्न लागेको भन्दै वक्ताहरुले आक्रोश व्यक्त गरेका छन् ।
नेता शेर्पाले राप्रपा नेपालका अध्यक्ष कमल थापाले नयाँ संविधानको मर्म विपरित र परिर्वतन विपरित नेपालमा पुनः हिन्दु राज्यको लागि गतिविधि गरिरहेकोले पनि उनलाई कारवाही गर्न माग गर्नु पर्ने धारणा राखे । उनले यो देशका बाहुन नेताहरुले आदिवासी जनजातिहरुलाई सत्ता सञ्चालनको बागडोरमा पुग्न नदिन षड्यन्त्र गर्ने गरेको आरोप लगाए ।
त्यसैगरी नेकपा (माओवादी)का केन्द्रीय सदस्य माईला लामाले बलम्बुका मजदुरहरुलाई समय गज्रिसकेको मुलुकी ऐनको व्याख्या अन्तरगत १२ वर्ष जेल सजाय दिने षड्यन्त्र भएकोप्रति आपत्ति जनाउँदै उक्त कार्य आफ्नो पार्टीको लागि सह्यै नहुँने बताए ।
त्यस्तै अधिवक्ता जिवी आचार्यले ०७२ सालमा बनेको नयाँ संविधानको विपरित २० सालको मुलुकि ऐनको महल नंबर १ को उपदफा ११ अन्तरगत पुर्पक्षमा थुनामा राखिनुले अनौठो लागेको बताए ।
आचार्यले पुरानो कानूनको चौचित्य सकिएको भन्दै यस्तै गर्दै गए देश पछाडी पर्ने बताए ।
गत भदौ १३ गते रोल्पा नुवागाउँका रामकुमार बिक,रामेछाप भदौरेका मिलन माजि,रोल्पा कोर्चावाङकी धनमति पुन, कभ्रे नमोबुद्धका विमल मगर र कुमार तामङलाई प्रसासनले ‘गौ हात्या’को आरोपा पक्राउ गरेर हालसम्म हिरासतमै राखेको परिवारले जनाएका छन् ।
अनलाइन डबलीबाट







