मङ्सिर २५ अर्थात् अाज शनिबार  प्रगतिशील लेखक सङ्घ,नेपालको तीन नम्बर प्रदेश भेलाले आगामी फागुन २१ गते प्रगतिशील लेखक सङ्घ,नेपालको तीन नम्बर प्रदेश सम्मेलन गर्ने निर्णय गरेको छ ।

केन्द्रीय उपाध्यक्ष खेम थपलियाको अध्यक्षतामा सम्पन्न उक्त भेलाको उद्घाटन केन्द्रीय अध्यक्ष मातृका पोखरेलले गर्नु भएको थियो ।

khem11

केन्द्रीय समितिका सचिव प्रकाश शिलवालको स्वागत मन्तव्य पश्चात केन्द्रीय उपाध्यक्ष पुस्करराज भट्ट, केन्द्रीय कोषाध्यक्ष विजयराज आचार्य, सचिवालय सदस्य कृष्णहरि भट्टले भेला सफलताको कामना गर्नुभएको थियो ।

प्रलेसका केन्द्रीय महासचिव आर.एम डङ्गोलले खेम थपलियाको संयोजकत्वमा ७७ सदस्यीय सम्मेलन आयोजक समितीको नामावली प्रस्ताव गर्नुभएको थियो । आयोजक समितीलाइ केन्द्रीय उपाध्यक्षद्वय बिन्दु शर्मा र रामप्रकाश पुरीले शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा रमण थामी र सरस्वती अधिकारीले गीत र कवी गौरी दाहालले कविता सुनाउनुभएको थियो ।

khem22

सम्मेलनको कामलाई चुस्त बनाउन भेलाले संयोजक खेम थपलियासहित केन्द्रीय समितिका वरिस्ठ सचिव पुण्य गौतम ‘विश्वास’, केन्द्रीय समितिका सचिव प्रकाश शिलवाल, केन्द्रीय समिति सचिवालय सदस्य आर सि न्यौपाने , केन्द्रीय समिति सचिवालय सदस्य कृष्णहरि भट्ट, केन्द्रीय सदस्य गौरी दाहाल र केन्द्रीय सदस्य साधुराम नेपाल सदस्य रहेको सात सदस्यीय कार्यालय गठन गर्‍यो ।

कार्यक्रमको संचालन आर. सि. न्यौपानेले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार