भारतको रक्सौल हुँदै नेपाल आउने औद्योगिक कच्चा पदार्थ लगायतका मालसामानमा भारतले आइतबारदेखि अनिश्चितकालका लागि रोक लगाउने चेतावनी दिएपछि  नेपाली उद्योगी व्यवसायीहरु सन्त्रासमा परेका छन् ।

रेलमार्फत रक्सौलको रेलवे साइडबाट आउने सिमेन्ट उद्योगको कच्चा पदार्थ क्लिङ्करले वातावरण प्रदूषण भई रक्सौलवासीको स्वास्थ्यमा असर पारेको आरोप लगाउँदै अनिश्चितकालका लागि राेक लगाउने भारतीयहरूले चेतावनी  दिएका छन् ।birgajj

यसको समाधानका लागि बारम्बार आग्रह गर्दा समेत चासो नदिएकाले रक्सौलबाट मालसामान ढुवानीमा रोक लगाउने चेतावनी उनीहरूले दिएका हुन् ।

सन् २००६ देखि नै रक्सौल रेलवे गोदामा रहेको क्लिङ्करले स्थानीयको स्वास्थ्यमा असर पारेको भन्दै त्यसको व्यवस्थापनका लागि पटक पटक प्रधानमन्त्रीको कार्यालय, रेल मन्त्रालय प्रदूषण कन्ट्रोल बोर्ड, जिल्ला पदाधिकारी र अनुमण्डल पदाधिकारीलाई पनि पत्रचार गरिएको उनीहरूले जनाएका छन् ।

यसअघि पनि पटक पटक प्रदूषण नियन्त्रणको लागि आन्दोलन गर्दा आएको समाधानको आश्वासन मात्र दिँदै आएकाले समाधानका लागि दबाबस्वरुप नेपालतर्फको ढुवानी रोक्ने चेतावनी रक्सौलवासीले दिएका हुन् ।

क्लिङ्कर लोड अनलोड गर्दा निस्किएको धूलोले वातावरण प्रदुषित भई स्थानीयको स्वस्थ्यमा असर पारेपछि त्यसको व्यवस्थापनका लागि भारत सरकारलाई दबाब दिन ढुवानी रोक्ने रक्सौलवासीको चेतावनीपछि औद्योगिक करिडोरका उद्योगी व्यवसायी भने चिन्तित बनेका छन् ।

एक वर्ष पहिले मधेस आन्दोलन र भारतीय नाकाबन्दीकै कारण आर्थिक सङ्कट व्यहोरेका उद्योगी व्यवसायीहरु रक्सौलबाट फेरि ढुवानी बन्द गर्ने चेतावनी आउँदा झस्किएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार