गोपाल गिरी लामो समयदेखि क्रान्तिकारी माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा कम्प्युटर अपरेटरको काम गर्दै आएका थिए ।
उनलाई खाने बस्ने व्यवस्था पार्टीले नै गर्दै आएको थियो । श्रीमती र एक छोरासहित ३ जनाको परिवार पार्टी कार्यालय बुद्धनगरमा बस्दै आएका थिए ।

गोपाल गिरी बौद्ध भेलाबाट तत्कालिन नेकपा–माओवादी बन्नु भन्दा पहिले एमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पनि कम्प्युटर अपरेटरको काम गर्दथे । पार्टी विभाजनपछि उनी ड्यास माओवादीमा आएका थिए ।
अहिले क्रान्तिकारी माओवादीका नेवाः राज्य इन्चार्ज दिनेश शर्माको योजना र सल्लाहमा मोहन वैद्य किरणले गोपाल गिरीलाई कुनै विकल्प र पुर्नव्यवस्था नगरिकनै निकालिएको छ ।
उनी निकट रहेका पार्टीका केन्द्रीय सदस्य एवं वैद्य माओवादी निकट क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र रावतलाई गोपाल गिरी रहेको कोठामा राख्न षड्यन्त्रपूर्वक ढंगले कार्यालयबाट चिल्लीविल्ली पार्दै किरणले लखेटेको बुद्धनगर स्रोतले बताएको छ ।
बुद्धनगर स्रोत भन्छ– पत्रकार इन्द्र रावत दिनेशका नजिकको मान्छे हुन् र उनी कृष्णदास फाउण्डेसनका सचिव पनि हुन् । कृष्णदास श्रेष्ठ क्रान्तिकारी माओवादी छोडेर माओवादी केन्द्रमा विलय हुने बेला इन्द्र रावत पनि सँगै माओवादी केन्द्रमा जाने तयारीमा थिए ।
पछि किरण र दिनेश शर्माले विविध प्रकारका प्रलोभन देखाएर क्रान्तिकारी माओवादीमै थमौती गरेको कुपोण्डोल कार्यालयमा बस्ने एक कार्यालय सदस्यको भनाई छ ।
उनका सबै माग पुरा गर्ने क्रममा किरणले गोपाल गिरीको परिवारलाई रुआबासी गराएर पार्टी कार्यालयमा इन्द्र रावतको परिवारलाई भित्र्याएको खबर बुद्धनगरबाट प्राप्त भएको छ ।
यस परिघटना र किरणको व्यवहारप्रति बुद्धनगरमा उनकै नेता र कार्यकर्ताले समेत चरम असन्तुष्टी व्यक्त गरेका छन् ।







