नेत्र विक्रम चन्द विप्लव नेतृत्व माओवादीको केन्द्रीय सामना टोलीका कलाकारहरुले भक्तपुरका विभिन्न क्षेत्रहरुमा क्रान्तिकारी गीत संगीतद्धारा जनता जागृत पार्ने काम गरिरहेका छन् ।

नेपाल मजदुर किसान पार्टीको राजधानी र मुख्य केन्द्र रहेको भक्तपुरमा विप्लव माओवादीले युवा अभियान र सांस्कृतिक कार्यक्रम एकैचोटी गरेपछि स्थानीय जनताहरु विप्लव माओवादीतिर आर्कषित र गोलबन्द हुँदैछन् ।

vkt333

भक्तपुरका चोक र गल्लीहरुमा विप्लव माओवादीका युवा र सामनाका कलाकारहरु दिनरात खटिरहेका छन् । सांस्कृतिक कार्यक्रमसहित संगठन निर्माणका काम एकैचोटी गरेर माओवादीले जनता संगठित गरिरहेका छन् ।

कुनैबेला उपत्यकाको राजधानी रहेको भक्तपुरमा विप्लव माओवादीले अहिले संचालन गरेको जनजागरण अभियानले जनतामा ठूलो क्रान्तिकारी आशाको लहर ल्याएको पार्टी केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी आजादले बताए ।

पछिल्लो दिनमा विप्लव माओवादीले उपत्यका केन्द्रीत युवा अभियान संचालन गरेर कार्यक्रम अगाडि बढाएपछि उपत्यकामा पूरै विप्लव माओवादीमय बनेको युवा राष्टिय जनस्वंसेवकका केन्द्रीय अध्यक्ष सुदीप मल्लको भनाई छ ।

युवा राष्ट्रिय जनस्वंसेवकका युवाहरुले उपत्यकाअन्तर्गत काठमाडौं, भक्तपुर र ललितपुरका वस्ती वस्तीमा मंसीरदेखि युवा अभियान चलाइरहेको छन् ।

त्यो अभियानसँगै केन्द्रीय सामनाको टोलीले सांस्कृतिक कार्यक्रमसमेत संचालन गरिरहेको छ ।

vkt55555

माओवादीको सामना टोलीको कार्यक्रममा स्थानीयहरु

vkt22

कार्यक्रममा पार्टीको धारणा राख्दै माओवादी नेता आजाद

vkt4444

कार्यक्रममा स्थानीयहरु

vkt11

भक्तपुरका विप्लव माओवादीका स्थानीय नेता हरि खड्का

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार