नेपालको राजनीतिमा लामो समयदेखि एकछत्र हस्तक्षेप गरिरहेको भारत भने अब विस्तारै एक्लिदैछ ।

भारतले चीनको एक सरकारी समाचार एजेन्सी सिन्हवालाई हवाला दिदै चीन नेपालमा साँच्चिकै प्रभाव जमाउन लागि परेको जनाएको छ ।

china-nepal-india4444

‘चीन अहिले नेपाललाई बाटो बनाएर भारतलाई माथ दिनेमा जुटेको छ ।’ भारतबाट निस्कने एक जागरण अनलाइन संस्करणले लेखेको छ– ‘आफ्नो यस रणनीतिको तह सबैभन्दा पहिले उसले भारत र नेपालबीच बिना रुकावट भइरहेको व्यापारमाथि लगाम लगाउने कार्वाही पनि सुरु गरेको छ ।’

आइतबार जागरण अनलाइनले नेपालमा भारतलाई एक्लाउन चीन कसरी लागिरहेको छ भन्ने कुरा लामो लेख लेखेको छ । यसबारे हामीले उसका केही अंशहरु प्रकाशित गरेका छौं ।

‘चीन अहिले नेपाललाई बाटो बनाएर भारतलाई माथ दिनेमा जुटेको छ । आफ्नो यस रणनीतिको तह सबैभन्दा पहिले उसले भारत र नेपालबीच बिना रुकावट भइरहेको व्यापारमाथि लगाम लगाउने कार्वाही पनि सुरु गरेको छ । यसका लागि उसले तिब्बतको बाटोबाट नयाँ पारवहन सेवा सुरु गरेको छ ।

चीनको सरकारी न्यज एजेन्सी सिन्हुवाको अनुसार यसको मार्फत चीनले ट्रकमा राखेर करीब २८ लाख डलरको सामान तिब्बतको सिमा शहर गिरान्गबाट नेपालको राजधानी काठमाडौँका लागि पठाएको छ । यस पारवहन सेवाको सुरुवात शुक्रबार भएको थियो । चीनको योजना नेपालसम्म एक रणनीतिक रेलवे लिंक स्थापना गर्ने पनि हो । यो रेल लिंक तिब्बतको गिरान्गबाट सुरु भएर नेपालसम्म जान सक्छ ।

नेपालमा प्रचण्डद्धारा प्रधानमन्त्री सम्हालेपछि यो पहिलो पटक हो, जब यो हिमालय देशको चीनसंग सामानको खेप हासिल हुनेछ । यसका पछाडि नेपाल र चीनबीच भएको करार हो । जुन नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा वली र चीनबीच भएको थियो ।

यो जगजाहेर छ कि ओलीको झूकाव भारत भन्दा धेरै चीनसँग छ र यो मानी राखिएको छ कि भारतसँग निभर्रता कम गर्नको लागि उनले यो करार पनि गरेका छन् ।’

उत्तरको छिमेकी देश चीनले नेपालमा व्यारिक नाकाहरु खोल्न थालेपछि भारत नराम्ररी झस्किएको छ ।

china-freight-train

चीनबाट नेपालका लागि सामान लिने रेल

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार