नारायणकाजी श्रेष्ठ प्रकाशले पार्टीभित्र उठाइरहेको राष्ट्रियताको लडाइँमा उनको पक्ष झण्डै एक्लै पर्ने अवस्थामा पुगेको पेरिसडाँडा स्रोतले बताएको छ ।
रामबहादुर थापा पक्षको अकर्मण्यताका कारण पुष्पकमल दाहाल पहिले भन्दा धेरै बलियो बन्दै गएको श्रेष्ठ पक्षको ठहर छ ।
नारायणकाजी पक्षलाई बढार्नमा दाहालपक्षसँग थापा पक्षका नेताहरु समेत अहिले टुप्पी कसेर लागेको खबर छ ।

केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्यमा नारायणकाजी श्रेष्ठ पक्षकालाई नल्याउनमा दाहाल पक्षका एकथरी पम्फा भुषाल, मात्रिका यादव, मणी थापाहरु एक ठाउमा आएको श्रेष्ठको बुझाई रहेको छ ।
२०७३ मंसिर २५ गते नारायणकाजी श्रेष्ठका भतिज सन्तोष काजी श्रेष्ठको विवाह भोज आयोजना स्थल कार्की ब्यांक्वेटमा यस्तो चर्चा चलेको बताइन्छ ।
आफ्नो पक्षलाई हेप्दै जाने हो भने विकल्प खोज्न पनि तयार हुनुपर्ने भन्दै श्रेष्ठले आफ्ना निकटहरुसँगको भेटघाटमा भन्न थालेका छन् ।
यता शिक्षा मन्त्रालयमा नारायण दाहालले हात लम्काएकोमा पनि श्रेष्ठ निकै उत्तेजित भएको बताइन्छ ।
‘भ्रष्ट र अनैतिक नारायण दाहाल (जो राजनीति गरेर प्रशासनको सल्लाहकार बनेको छ) लाई शिक्षामा चियाउन पनि नदिनु’ नारायणकाजीको हवाला दिदै स्रोतले भन्यो ।
‘आफ्नो पक्षको मन्त्रालयमा ढिम्किन नदिनेले अर्काेमा किन चियाउनु’, श्रेष्ठको भनाई उद्धत गर्दै स्रोतले भन्यो ।
जनअास्थाबाट







