नेकपा (माओवादी) का महासचिव नेत्र विक्रम चन्द विप्लवले अखिल क्रान्तिकारीद्धारा आयोजना गरिएको ‘हाम्रो विश्वविद्यालय, राम्रो विश्वविद्यालय’का लागि ‘विश्वविद्यालय अभियान २०७१’ को उद्घाटन आज गरेका छन् ।

nc111

अखिल क्रान्तिकारीद्धारा आज सोमबार किर्तिपुरमा ‘विश्वविद्यालय अभियान २०७३’ को उद्घाटन समारोहलाई संवोधन गर्दै महासचिव विप्लवले दलाल पुँजीवादी व्यवस्था नै शैक्षिक संकटको मुख्य कारण भएको बताएका छन् ।

आसन्न स्ववियु निर्वाचनको सन्दर्भमा बोल्दै महासचिव विप्लवले सच्चा अखिल क्रान्तिकारीले विजय हासिल गरे मात्र आम विद्यार्थीको सेवा हुने भन्दै शिक्षामा भइरहेको लुटपाटको अन्त्य गर्न क्रान्तिकारी विद्यार्थीहरुलाई अपिल समेत गरे ।

माओवादी आन्दोलनमा प्रचण्डहरु वैचारिक रुपले पतन भएर मृत्युको मुखमा पुगेको भन्दै उनीहरुले अझै पनि क्रान्तिको आश देखाउनु भनेको मत्युपछि सुनको वाकसमा लाश राखेजस्तै भएको बताए ।

अवको माओवादी आन्दोलन एकीकृत जनक्रान्तिले मात्र हुने भन्दै महासचिव विप्लवले आम युवा विद्यार्थीहरु समग्र देश निर्माणमा लाग्न आग्रह गरे ।

महासचिव विप्लवले सबै क्षमताहरुले राष्ट्रको हित र जनताको सेवामा लगाउनु पर्नेमा जोड दिए ।

nc2222

उदघाटन गर्दै महासचिव विप्लव

nc555

उदघाटन कार्यक्रममा सहभागी विद्यार्थीहरू

 

nc6666